Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

श्रमीक जनता पार्टीद्वारा पहिलो पटक गुल्मीवाट घोषणा पत्र सार्वजनिक

Published on 7:16:00 PM //

जनार्दन घिमिरे
गुल्मी, ११ कात्तिक । श्रमीक जनता पार्टी  नेपालले आज पहिलो पटक गुल्मी जिल्लावाट आफ्नो  पार्टीको घोषणा पत्र सार्वजनिक गरेको छ । उक्त पार्टीका केन्द्रिय अध्यक्ष रेशमराज न्यौपानेले सदरमुकाम तम्घासमा पत्रकार सम्मलेल नगरि पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्नु भएको हो । बैज्ञानिक, लोकतान्त्रीक मौलीकवाद, श्रमिक जनताको समाजवाद” भन्ने नाराका साथ पार्टीको विधान २०६६ बमोजीम उक्त घोषणा पत्र सार्वजनिक गरिएको हो ।

घोषणपत्रमा सार्वजनिक गरिएको पार्टीको निती तथा कार्यक्रम र सिद्धान्तहरुलाई २३ वुँदामा समावेस गरिएको छ । उसले वर्तमान अवस्थामा देशलाई संघीय संरचनामा जानु भन्दा विकेन्द्रिकरणको सिद्धान्त अनुरुप विकास गर्न सकिन्छ भन्ने मान्यतालाई प्राथमिताको सुचीमा राखेको छ । नेपालको वहुदलीय व्यवस्था भित्र रहेर आलंकारीक राष्ट्रपति र कार्यकारी प्रधानमन्त्री वनाउनु पर्ने भन्दै पत्रकारीता जगतलाई पनि राज्यको चौंथो अंगको रुपमा स्वीकार गरेको छ ।

घोषणा पत्रमा  राज्यको नामाकरण गर्दा गंगालाल राज्य, शुक्रराज, धर्मभक्त, दशरथ र गौतमवुद्ध गरि पाँचवटा राज्यको परिकल्पना गरेको छ ।  महिलाहरुलाई मातृभूमिकी जननीको रुपमा सम्मान गर्दै महिला हिंसा रोक्नकालागि देशका पाँचवटै विकास क्षेत्रमा “हेलो आमा ” कार्यक्रमलाई समावेश गरेको छ । कराही चिन्ह रहेको उक्त पार्टिले गुल्मी जिल्लाको क्षेत्र नम्वर १ वाट मात्र केन्द्रिय अध्यक्ष रेशमराज न्यौपानेलाई प्रत्यक्षतर्फको उम्मेद्वार वनाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग