Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बिदेशिक रोजगारीले फेरियो दलित वस्तीको मुहार, जिल्लामै नमुना

Published on 1:20:00 AM //

प्रेम सुनार
असौज १७, गुल्मी । ‘पहिला–पहिला त जुम्लादीका दलितहरुको वस्तीमा जाँदा नाक–मुख छोपेर जानुपर्ने अवस्था थियो’ पिपलधारा ५ का ७८ वर्षिय बृद्ध भेषबहादुर जि.सीले गुल्मीन्युज डट कमलाई भने–‘ अहिले त उनिहरुको टोलमा खाँदै हिँडेको मकै-भट्ट भुँईमा खसे पनि टिपेर खाँउ जस्तो सफा–सुग्घर भएको छ ।’ उनले थपे–‘सरसफाईमा मात्र के भन्नु, पढाई, पैसो सवै कुराले क्षेत्री–वाहुनहरुलाई उनिहरुले उछिने, उनिहरुको रहन सहन देख्दा अहिले त कुन क्षेत्री–वाहुन, कुन दलित एकनास छ ।’ उनि मात्र होईन यति वेला पिपलधारा ६ मा रहेको दलित वस्तीको सर–सफाई, शैक्षिक र आर्थिक विकासलाई मुक्त कण्ठले तारिफ नगर्ने त्यस गााविसका कोही छैनन् ।
गुल्मीको सदरमुकाम तम्घासबाट दक्षिण पश्चिम २८ कि.मि.दुरीमा पर्ने त्यस गाविसको जुम्लादी गाउँ तिन–चार घरधुरी ग्रैह दलित वाहेक पुरै दलितहरुको वसोवास रहेको गाउँ हो । जहाँ ९१ घरधुरी जुम्लादीको दलित वस्तीमा पुग्दा उनिहरुको घर–दलान, करेसोवारी, शौचालय, उनिहरुको वोली भाषा, अनुशासन र सभ्यता साँच्ची नै पहिलेदेखि नै शिक्षित, सभ्य भनिएका व्राम्हण–क्षेत्रीहरुलाई माथ खुवाउने खालको छ । जुन कुरा स्थानिय ति समुदायका मान्छेले नै स्वीकार गर्दछन् । पिपलधाराका लागि सफलताको कथा के छ त ? भनेर सोध्धा नेकपा एमाले पिलधारा गाउँ कमिटी अध्यक्ष बाबुराम खड्काले भने –‘यस गाविसको सफालताको कथा भनेकै हाम्रो जुम्लादी गाउँको दलितवस्ती हो, जुन यस जिल्लाकै नुमना दलित वस्ती हो भन्छौं हामी । ’
एमाले अध्यक्ष खड्काको त्यस्तो दावीप्रति नेपाली कांग्रेस सभापति नविन जि.सी., एकिकृत नेकपा माओवादी पिपलधारा गाउँ कमिटी अध्यक्ष महेन्द्र वि.सी र गाविस सचिव देवेन्द्र कुँवर समर्थन जनाउँछन् । उनिहरु सामुहिक रुपमा भन्छन्–‘साँच्ची, हिजो कस्तो थियो आज कस्तो भयो यो दलित वस्ती , यस वस्तीलाई त जिल्लाको सरोकारवाला निकायबाट अनुगमन गरेर प्रोत्साहित गर्न नमुना गाउँ घोषणा नै गर्नुपर्ने हो ।’
आज भन्दा डेढ दशक अघि सम्म कतै खर त कतै सल्ली पिरलका स–साना झुपडी, बाहिरबाट मानिसहरु जाँदा पक्कै यो दलित वस्ती होला भनेर सहजै अनुमान गर्न सकिने जुम्लादी गाउँ अहिले कोखैमा रहेको वडा नम्वर ५ को व्राम्ह्ण टोल र उसमा केहि फरक देखिदैन । विहान वेलुकाको चुलो जलाउने र अन्य घरायसी गर्जो टार्ने आर्थिक भारले गाँजेपछि के को सरसफाई, के को शिक्षा र स्वास्थ्य ? यस्तो अवस्थामा गुज्रिएको त्यहाँको दलित वस्तीको अहिले मुहार फेराईदिने कुनै सरकारी निकाय होईन रहेछ त्यो सव बैदेशिक रोजगार रहेछ ।
कति छन् त्यहाँका दलितहरु बैदेशिक रोजगारमा ? स्थानियवासी एवं नेकपा एमाले पिपलधाराका सचिव गोपाल सुनार भन्छन्–‘३६ जना गल्फ कन्ट्रिीमा छन् एक जना नरेन्द्र सुनार अष्ट्रेलियामा र ६० जना भन्दा बढि भारतमा छन् ।’ सो गाविसका एमाओवादी अध्यक्ष महेन्द्र विसीका अनुसार भारत, वैदेशिक रोजगार सहित वार्षिक सरदर एक करोड रुपैयाँ त्यस गाउँमा भित्रिन्छ । यि दुवै जनाका अनुसार त्यस रकमले क्रमश जुम्लादी गाउँको मुहार फेरेको हो । त्यसबाट बढि मात्रमा नयाँ पिढीले शैक्षिक क्षेत्रमा फड्को मारे ।

९१ घरधुरी त्यस गाउँबाट एसएलसी पास गर्नेको संख्या ९० नाघि सकेको छ । एसएलसी दिने क्रममा ३६ जना जति छन् । ७ जना प्रमाण पत्र तह, ६ जना स्नातक, २ जना स्नाकोत्तर, ५ जना प्रमाण पत्र तह प्राविधिक शिक्षा, डेढ सय करिव वाल वालिका विद्यालयमा रहेका छन् । यसरी शैक्षिक क्षेत्रमा त्यस गाउँका विद्यार्थीहरुको फड्को मार्नु नेपाल सरकारको वालवालिका विद्यालय भर्ना कार्यक्रमको प्रभाव पनि एक हो भन्छन गोपाल सुनार ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग