Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा ९ दल, तिन स्वतन्त्रले उम्मेदवारी दिए (पूर्ण नामावली सहित)

Published on 1:33:00 AM //

प्रेम सुनार
असौज १७, गुल्मी । विहिवार प्रमुख जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा जिल्लाका ९ वटा दलका २६ जना र ३ जना स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् ।
एकिकृत नेकपा माओवादी क्षेत्र नम्वर १ वाट सुदर्शन वराल, २ वाट अशोक थापा र ३ वाट वामदेव क्षेत्रीले उम्मेदवारी दर्ता गराएका छन । नेपाली कांग्रेस क्षेत्र नम्वर १ वाट कृष्ण छन्त्याल, २ वाट चन्द्र भण्डारी र ३ वाट त्रैलोक्य प्रताप सेनले दर्ता गरेका छन् । नेकपा एमाले क्षेत्र नम्वर १ वाट मैना भण्डारी, २ वाट प्रदिपकुमार ज्ञवाली र ३ वाट गोकर्णराज विष्टले दर्ता गराएका छन् । राष्ट्रिय जनमोर्चा क्षेत्र नम्वर १ वाट जिवन राना, २ वाट छविलाल सर्तुङ्गे, ३ वाट रामेश्वर खत्रीले दर्ता गराएका छन् । त्यस्तै नेपाल मजदुर पार्टी क्षेत्र नम्वर १ वाट सुवास रसाईलीले उम्मेदवारी दर्ता गराएका छन् । राप्रपा नेपाल क्षेत्र नम्वर १ वाट वसन्त विक्रम पाण्डे, २ वाट ठाकुरप्रसाद पाण्डे र ३ वाट टेकबहादुर बस्नेतले उमेदवारी दर्ता गराएका छन् ।
उम्मेदवारी दर्ता पछी कांग्रेसका तीनवटै क्षेत्रका उम्मेदवारहरु कृष्ण बहादुर छन्त्याल, चन्द्र भण्डारी र त्रैलोक्य प्रताप सेन (क्रमश: बाँयाबाट दाँया) सामुहिक तस्बिर खिचाउँदै । तस्बिर तारा भुषाल 
राप्रापाले क्षेत्र नम्वर १ बाट भिमबहादुर रानालाई उमेदवारी खडा गरेका छ भने २ वाट गुप्तबहादुर खत्री, ३ वाट भरतबहादुर चन्द रहेका छन् । नयाँ दलका रुपमा नेपाल लोकतान्त्रिक युवा पार्टी क्षेत्र नम्वर १ वाट नारायण घिमिरेले उम्मेदवारी दिएका छन् । अखण्ड नेपाल पार्टीले क्षेत्र नम्वर १ वाट खडगबहादुर जि.सी, २ वाट नेत्रबहादुर बस्नेत क्षेत्रीको उम्मेदवारी दर्ता गराएको छ ।
नेपाल परिवार दल क्षेत्र नम्वर २ वाट पशुपति पाण्डेले उम्मेदवारी दिएका छन् । श्रमिक जनता पार्टी क्षेत्र नम्वर १ वाट रेशम राज न्यौपानेले उम्मेदवारी दिएका छन् । नेकपा मालेले क्षेत्र नम्वर ३ वाट जिवराज अर्याललाई मात्र उमेदवार खड गरेको छ । राष्ट्रिय जनमुक्ति पार्टी क्षेत्र नम्वर १ वाट विरबहादुर दमाई, २ वाट विनबहादुर राकासकोटीले उम्मेदवारी दर्ता गरेका छन् ।
नेकपा एमाले निकट युवा संघ नेपालका जिल्ला उपाध्यक्ष मोहनप्रसाद पाण्डेले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसकी कार्यकर्ता मञ्जु सेन ओली र मिना नेपालीले पनि स्वतन्त्र उमेदवारी दिएका छन् । भोली १८ गते नामावली प्रकाशन गरिने, २१ गते उम्मेदवारी फिर्ता गर्न सक्ने, लगायत २४ गते अन्तिम नामावली प्रकाशन गरिने प्रमुख जिल्ला निर्वाचन अधिकृत ऋषिराम आर्चायले बताए

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग