Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विद्युत प्राधिकरणको गाडिले ठक्कर दिँदा दुई घाईते

Published on 5:00:00 PM //

जनार्दन घिमिरे
गुल्मी, १९ असोज । नेपाल विद्युत प्राधिकरणको गाडिले ठक्कर दिँदा आज गुल्मीको सदरमुकाम तम्घासमा एकै घरका दुई जना सख्त घाईते वनेका छन् । यसरी घाईते हुनेहरुमा तम्घास गाविस ६ निवासी ४५ वर्षीय रविना पुन र निजकै ५ वर्षिय छोरा विनोद पुन रहेका छन् । उनीहरु दुवैजनालाई आज विहान तम्घास स्थित जिल्ला ट्राफिक कार्यालय नजिकै वा १ ञ १६६४ नम्वरको गाडिले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घाईते दुवै जनाको टाउकोमा चोट लागेको हुँदा उनीहरुलाई थप उपचारकालागि आजै लुम्विनि मेडीकल कलेज प्रभास पाल्पामा लगिएको छ । ठक्कर दिने गाडि र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाईतेहरुको अवस्था गंभिर रहेको वताईएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग