Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जनयुद्दले कांग्रेस एमालेलाई सडकमा उतार्यो: नेता न्यौपाने

Published on 9:34:00 PM //

प्रेम सुनार
कार्तिक २३, गुल्मी । एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य एवं मगराँत राज्य समिति सदस्य गिरधारीलाल न्यौपानेले कांग्रेस एमाललेलाई दश वर्षे जनयुद्धले २०६२-६३ को जन आन्दोलनमा ल्याएको बताएका छन् । ‘हामी युद्धमा छँदा कांग्रेस एमालेहरु दरवारमा बसेर राजा ज्ञानेन्द्रसंग माओवादी नेता ,कार्यकर्ताको टाउकाको मुल्य तोक्दै बोरामा पैसा थाप्ने खेलमा लागेका थिए’ उनले भने–‘जव ज्ञानेन्द्रले गलत्याए तव उनिहरु २०६२-६३ को जन आन्दोलनमा माओवादीसंग सडकमा उत्रिन बाध्य भएका थिए ।’
आज गुल्मीको बडागाउँमा एकिकृत नेकपा माओवादी क्षेत्र नम्वर २ को चुनावी सभालाई सम्वोधान गर्दै उनले यस्तो बताएका हुन । ‘हिजो एउटा हातमा हंसिया हतौडा र अर्को हातमा सुनको असर्फी लिएर प्रधानमन्त्री बन्नका लागि प्रतिगमन आधा सच्चीयो भन्दै राजाकहाँ जानेहरु अहिले लोकतन्त्रको ढोंग रचेको भन्दै उनले उनिहरुले कुनै पनि हालतमा जन पक्षिय संविधान बनाउन नसक्ने आरोप लगाए । २०४६ कै जनघाति संविधान ब्युँताउन एमाले कांग्रेसहरुले साँठागाठा गरेको आरोप लगाउँदै उनले दलित जनजाती, महिला र पछाडी परेको अन्य समुदायहरुको हितमा संविधान बनाउनका लागि एकिकृत नेकपा माओवादीलाई भोट दिन आग्राह गरे ।
नेता न्यौपानेले गुल्मी सहित मगराँत राज्य समिति अन्तरगतका जिल्लामा एकिकृत नेकपा माओवादीको जित सुनिश्चित भएको दावि समेत गरेका थिए । आम सभामा अर्का केन्द्रिय सदस्य दिनेश पन्थी, एमाओवादी क्षेत्र नम्वर २ का उमेदवार अशोक थापा, अखिल क्रान्तिकारीका केन्द्रिस सदस्य यदुज्ञवाली लगाएतले मन्तब्य राखेका थिए । सो पार्टीका बडागाउँ गाउँ कमिटी अध्यक्ष गोकर्णराज सुर्यबंशीको अध्यक्षता रहेको कार्यक्रममा ईलाका संयोजक खुमबहादुर थापाको सञ्चालन रहेको थियो । 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग