Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सामसङले एप्पललाई २९ अर्ब तिर्नुपर्ने

Published on 4:09:00 AM //

एप्पलको आइफोनका विशेषता चोरी गरेको अभियोगमा सामसङले २९ करोड डलर (करिब २९ अर्ब रुपैयाँ) जरिवाना तिर्नुपर्ने फैसला सुनाइएको छ ।
कपिराइट चोरी गरेर सामसङले एप्पलको करिब १ अर्ब डलर बराबरको कारोबारमा नोक्सानी ठहर गर्दै सिलिकन भ्यालीको जुरीले अदालतले यस्तो फैसला सुनाएको हो ।
तर अमेरिकी जिल्ला अदालतका एक न्यायाधीश लक्की कोहले जुरीले गलत गणना गरेको भन्दै पुनः गणना गर्न आदेश दिएका छन् । सामसङले पनि अपिल गर्ने अपेक्षा गरिएको छ ।
यता, एप्पले भने आफ्नो अमूल्य आविष्कार चोरी भएकामा खेद व्यक्त गरेको छ । 'हाम्रो लामो समयको अनुसन्धान र प्रयासपछि यो उत्पादन बाहिर ल्याएका छौं,' एप्पलले भनेको छ, 'यसको मूल्य नै निर्धारण गर्न कठिन छ ।'
जुरीले एप्पल स्मार्टफोनको अत्याधुनिक २६ उपकरणमध्ये १३ वटा चोरी गरेको ठहर गरेको छ । एप्पलको परेको ५५ करोड डलरमध्ये करिब २९ करोडको कपी गरेको जुरीको ठहर हो ।
- एजेन्सी

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग