Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अमेरिकामा "नेप्लीज गट ट्यालेण्ट-२०१४" आयोजना गरिने

Published on 1:36:00 AM //


विकास राज न्यौपाने
 टेक्सास, अमेरिकामा रहेका नेपालीहरुबाट प्रतिभावान् व्यक्ती छनौट गर्ने उद्धेश्यका साथ डल्लासको टेक्सासमा "नेप्लीज गट ट्यालेण्ट-२०१४" (NEPALESE GOT TALENT USA- 2014) कार्यक्रमको आयोजना गरिने भएको छ ।


न्यु ल प्रोडक्सन र पर्पल क्वान्टमको आयोजनामा हुन लागेको कार्यक्रमका बिजेताको लागि एक हजार अमेरिकन डलर पुरस्कार राखिएको आयोजकहरुले जनाएका छन् । "नेप्लीज गट ट्यालेण्ट विथ कर्मा ब्याण्ड" नाम दिइएको कार्यक्रम आगामी जनवरी ४ मा टेक्सासको डल्लासमा आयोजना हुन लागेको हो ।

जनवरी ४ मा हुने अन्तिम प्रतिष्प्रधाको लागि आगामी डिसेम्बर १ मा अडिसन राखिएको पनि आयोजकहरुले जनाएका छन् ।

कार्यक्रममा नि:शुल्क रुपमा भाग लिन पाउने ब्यवस्था रहेको छ भने प्रतिष्प्रधीहरुबाट उत्कृष्ट छनौटको लागि कुनै निर्णायकहरु नराख्ने तर कार्यक्रममा उपस्थित दर्शकहरु मध्येबाटै आएको भोटबाट उत्कृष्ट छनौट गरिने ब्यवस्था राखिएको आयोजकहरुले जनाएका छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग