Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गजल

Published on 4:07:00 AM //

-कल्पना पौडेल "जिज्ञासु"
दोबाटोमा छोड्नु भन्दा बरु मलाई मारिदिनु
सवाल उठ्न सक्छ पक्कै बाहनामा टारिदिनु

तिम्रै आगनिको बाटो  मेरो लास लैजादा
दुनियाँलाई देखाउन नि गोही आशु झारिदिनु

मलामिको निहु पारी घाट सम्म आएर
गुलाबको एउटा फूल चिता माथि पारीदिनु

सँगै जिउने मर्ने थिए हाम्रा बाचा कसम
त्यही पुरानो यादमा एकछाक जुठो बारीदिनु

झस्काउला कैलेकाही बिगतको सम्झनाले
बर्तमानलाई स्विकार्दै अतित परै सारीदिनु

गैडाकोट,४,नवलपरासी
हाल:इजरायल

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग