Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीका ४३ मतदान केन्द्रहरु संवेदनशिल

Published on 4:00:00 AM //

जनार्दन घिमिरे
गुल्मी, २ मंसिर । यस पटकको संविधान सभा निर्वाचनमा गुल्मी जिल्लामा सवै भन्दा वढी मतदाता भएको गाविसमा सदरमुकाम स्थित तम्घास गाविस रहेको छ भने सवै भन्दा कम मतदाता हुनेमा जुनिया गाविस रहेको छ । तम्घास गाविसमा यसपटक ४८ सय ८५ मतदाता रहेका छन् भने जुनिया गाविसमा ७ सय २२ मात्र मतदाताहरु रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।
त्यसै गरि जिल्लामा १ सय २९ मतदान स्थलमा रहेका २ सय ३१ मतदान केन्द्रहरु मध्य सवैभन्दा कम मतदाता रहेको केन्द्रमा भार्से गाविस अन्तर्गत भार्से ईश्वरी प्रावि भवन मतदान केन्द्र रहेको छ । उक्त केन्द्रमा दुई वार्डका गरि जम्मा २ सय २२ जना मतदाताहरु रहेका छन् । सवै भन्दा वढी मतदाताहरु हुने केन्द्रहरुमा क्षेत्र नम्वर एक स्थित ठूलोलुम्पेक गाविस अन्तर्गत धर्मपुर उच्च मावि केन्द्र क र ख छन भने क्षेत्र नम्वर २ मा वलेटक्सार गाविस अन्तर्गत ज्ञवा वलेटक्सार मावि भवनको क केन्द्र छ । उक्त तीनै केन्द्रहरुमा नौ-नौं सय मतदाताहरु रहेको वताईएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले जनताहरुलाई मतदान गर्न आउनको लागि पायक परोस भन्ने उद्देश्यले मतदान केन्द्रहरु निर्धारण गरिएको वताएको छ । मतदाताहरु कम्तिमा एक घण्टाको पैदल वाटो हिँडेर मतदान केन्द्रमा आईपुग्ने भएकोले मतदाताहरुलाई लामो वाटो हिँड्नु नपर्ने भएको दावी कार्यालयको छ । निर्वाचनमा सुरक्षा संयन्त्रलाई निकै चुस्त पारिएको सुरक्षा समितिले दावी गरेको छ । नेपाली सेनाले गाउँगाउँमा गस्ति गरिरहेको र प्रहरी र म्यादी प्रहरीहरुलाई मतदान स्थल वरिपरि सर्तकताका साथ खटाईएको हुँदा मतदाताहरुलाई ढुक्क भएर मतदान स्थलमा आउन कुनै समस्या नपर्ने सुरक्षा निकायले मतदाताहरुलाई आग्रह गरेको छ । सुरक्षा निकायले मतदान केन्द्रका आधारमा प्रहरी र म्यादी गरि ६ सय सुरक्षाकर्मिहरु खटाएको वताएको छ ।
केन्द्रिय एकिकृत सुरक्षा योजनाले यस जिल्लालाई सुरक्षा संवेदनशिलताको हिसावले सामान्य रुपमा लिए पनि जिल्ला सुरक्षा समितिले भने ४३ मतदान केन्द्रहरुलाई संवेदनशिल रुपमा लिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक राजकुमार लम्सालले वताउनु भयो । तीन वटा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा क्षेत्र नम्वर तीन अन्तर्गतका केही मतदान केन्द्रहरु सुरक्षाको हिसावले अली संवेदनशील रुपमा लिएको हुँदा उक्त क्षेत्रमा थप सशस्त्र प्रहरीहरुलाई समेत परिचालन गरिएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग