Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

धान काट्दै, माछा मार्दै मत माग्दै एमाओवादीका उम्मेदवार थापा (फोटो सहित)

Published on 2:14:00 PM //

जनार्दन घिमिरे
गुल्मी, २६ कात्तिक । गुल्मीमा चुनावी चहलपहल उत्कर्षमा पुग्दै जाँदा नेताहरुको भोटमाग्ने शैली पनि वदलीदैं गएको छ । काँग्रेस र एमालेका उम्मेदवारहरु घरदैलो र चुनावि सभामा  केन्द्रित वनिरहेका छन् भने एकिकृत नेकपा माओवादीका उम्मेदवारको भोट माग्ने शैली भने अलि भिन्न देखिएको छ ।

दलीत वृद्धालाई खुट्टामा ढोगेर आफ्नो चुनावी अभियानमा मत माग्न शुरु गरेका गुल्मी क्षेत्र नं २ का एकिकृत नेकपा माओवादीका उम्मेदवार अशोक थापाले फेरी किसानहरुसँग सँगै धान काटेर र बोटेमाझीहरुसँग सँगै बढीघाट खोलामा माछा मारेर मत मागेका छन् । चुनावी प्रशार प्रसारको शिलसिलामा वामीटक्सारमा पुगेका थापाले मत माग्न घरमा जाँदा घरका मानिसहरु खोला र खेतखेतमा गएको अवस्थामा उनी पनि उही पुगेर सँगै किसानहरुसँग धान काटेर मत मागेका हुन् ।

आफु पनि किसानको छोरा भएको र आफ्नो पार्टि पनि श्रमिकहरुको पार्टि  भएकोले  श्रमलाई सम्मान गर्नुपर्छ भन्ने मान्यता राख्ने भएकोले त्यसो गरिएको थापाले वताए । उनले यसरी खेत र खोलामा पुगेर मत माग्दा किसानहरु अत्यन्तै खुसि भएको दावी गरे ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग