Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नवलपरासीमा यस्तो छ चुनावी भिडन्त

Published on 1:46:00 AM //

कृष्ण बिसी
नवलपरासी, कार्तिक २७ । आसन्न संविधानसभा निर्वाचनमा नवलपरासीको ६ वटै निर्वाचन क्षेत्रमा मुख्य तीन दलहरुबीच प्रतिस्पर्धा हुने भएको छ । ६ वटै क्षेत्रमा बिशेष गरी नेपाली काग्रेस, नेकपा एमाले र एकिकृत नेकपा माओवादीबीच भिडन्त हुन लागेको हो । यस क्षेत्रहरुमा अन्य साना दलहरुले आफुले चुनाव जित्ने बताएपनि पछिल्लो समय मधेशीदलहरु छिन्नभिन्न भएकाले चुनाव जित्न निकै सर्घष गर्नुपर्ने देखिएको छ ।
यद्यपी साना दललाई कमजोर मानिहाल्ने अवस्था भने पक्कै छैन । नवलपरासीको ६ वटै निर्वाचन क्षेत्रबाट ६ सीटका लागी एक सय ७४ जना उमेद्वारहरु चुनावी मैदानमा भिडन्त गर्दैछन् । निर्वाचनमा क्षेत्र नं. १ मा काग्रेसका केन्द्रीय सदस्य डा. शंशाक कोइराला, एमालेका दीपक अधिकारी र एमाओवादीका घनप्रसाद सापकोटा बीचमा नै प्रतिस्पर्धा हुने छ । विभिन्न दलबाट गरि १६ जना उमेद्वारहरु रहेका छन् । जिल्लाको क्षेत्र नं. २ मा नेपाली काग्रेसका महेन्द्रध्वज जी.सी., एमालेका जीवन श्रेष्ठ र एमाओवादीका मोति रिजाल बीच प्रतिस्पर्धा हुने पक्का छ । त्यहाँ २२ जना चुनावी मैदानमा छन् ।
२५ जना उमेद्वार चुनावी मैदानमा रहेको क्षेत्र नं. ३ नं. मा काग्रेसका केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली, एमालेका कृष्ण पौडेल, एमाओवादीका सीता वौडेल बीचमानै प्रतिस्पर्धा हुने पक्का छ । क्षेत्र नं. ४ मा त्रिपक्षीय  भिडन्त देखिएको छ । मधेशवपादी दलको खासै प्रभाव नदेखिए पछि एमाओवादी, काग्रेस  एमाले, बिच चर्काे प्रतिस्पर्धा देखिएको छ । काग्रेसले पुर्ब गृह राज्य मन्त्री  देवेन्द्रराज कंडेल , एमालेले बैकल्पीक केन्द्रीय सदस्य बैजनाथ चौधरी, एमाओवादीले केन्द्रीय सदस्य चिनक कुर्मीलाई  उमेद्वार बनाएको छ । क्षेत्र नम्बर  ४. मा ३३ जना उमेद्वारहरु रहेका छन् । क्षेत्र नं. ५ मा काग्रेसका विक्रम खनाल एकिकृत माओवादीका राजु हरिजन, र  एमालेका दीपेन्द्र अधिकारीबीच कडा प्रतिस्पर्धा हुने छ । ।त्यसै गरि क्षेत्र नं. ६ मा बहुदलीय व्यवस्थाको शुरुवात देखी एकछत्र राज गर्दै आएका तराई मधेश लोकतान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीले यस पटक काग्रेसका देवकरण जैसवाल , कडा सामना गर्नु पर्ने छ ।चुनावको दिन सघांरमा आइपुग्दा यतिबेला दलहरुले आआप्ना राजनैतिक दलका उम्मेदवारले जित्ने दाबी गरेका छन ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग