Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिल्लाभर झण्डै ७५ प्रतिशत मत खस्यो, नेकपा-माओबादीका कार्यकर्ता समेत मतदानमा सहभागी

Published on 6:05:00 PM //

घनश्याम गौतम
गुल्मी, मंसिर ४ । तिन निर्वाचन क्षेत्र रहेको गुल्मीको संविधान सभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
जिल्लाका विभिन्न स्थानहरुमा सोमबार साँझ बम बिस्फोटका घटनाहरु भएपनि मंगलबार विहानै देखि मतदाताहरु उत्साहजनक रुपमा मतदान प्रकृयामा सहभागी भएका थिए । सोमबार साँझ जिल्लाका तुराङ, शान्तिपुर, दर्लिङ लगायतका विभिन्न स्थानहरुमा बम बिस्फोटका घटना भएका थिए । विस्फोटका घटना १ नं. क्षेत्रमा बढी भएपनि त्यस क्षेत्रका शान्तिपुर, तुराङ, रुपाकोट लगायतका गाविसहरुमा ७५ प्रतिशत भन्दा बढी मत खसेको सम्बन्धित केन्द्रका मतदान अधिकृतहरुले जनाएका छन् । त्यस्तै निर्वाचन क्षेत्र नं. २ मा ६५ र क्षेत्र नं. ३ मा ७० प्रतिशत भन्दा बढी मत खसेको छ । मुख्य निर्वाचन अधिकृत ऋषिराम आचार्यले २ सय ३३ वटै मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको गुल्मीन्युज डट कमलाई बताए ।
‘सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ’, आचार्यले भने, ‘तम्घासको समानुपातिकको मतपेटिका समेत आईपुगेको छ ।’ जिल्लाका अधिकांश स्थानमा मतदाताहरु विहानै देखि सहभागि भएपछि दिउँसो नै मतदान सम्पन्न भएको थियो । निर्वाचन बहिस्कार गरेको नेकपा–माओवादीका कार्यकर्ताहरु समेत केही स्थानमा मतदानमा सहभागी भएका थिए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग