Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चक्काजामले रेसुंगामा भक्तजन घटे

Published on 1:48:00 AM //

विष्णु पौडेल
गुल्मी, कात्तिक २७ । हरिवोधनी एकादशीको अवसरमा गुल्मीका विभिन्न स्थानमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रमा भक्तजनको घुईँचो लागेको छ। सदरमुकामसँगै रहेको रेसुंगा तथा कालिगण्डकी नदी रिडीमा नुहाने भक्तजनको भिड लागेको हो।

रेसुंगा पोखरीमा स्नान गरी यज्ञशालाको दर्शन गरेमा अञ्जानमा गरेका सवै पाप नष्ट हुने धार्मिक विश्वास रही आएको छ। रेसुंगा पोखरीमा स्नान गर्नेको विहानैदेखि घुईँचो लागेको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष रुद्रवहादुर भुजेलले वताए।

तर गत वर्षको तुलनामा अहिले भक्तजनको उपस्थिती कम रहेकेा छ। नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले गरेको चक्काजामका कारण प्रर्याप्त सवारीसाधन नचल्दा टाढाटाढावाट भक्तजनहरु आएका छैनन्। यहाँको दर्शन गर्न गुल्मी सहित, अर्खाघाँची, वाग्लुङ्ग, प्युठान लगायतका विभिन्न स्थानवाट भक्तजनहरु आउने गर्थे।

रेसुंगामा प्रत्येक वर्षको साउन महिनाभर विशेष पुजाआजा हुन्छ भने हरीवोधनी एकादशीको अवसरमा विशेष पुजाआजा हुन्छ। यस्तै गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थलमा पर्ने रिडीमा पनि कालीगण्डकी नदीमा स्नान गर्नेको भीड लागेको छ ।  

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग