Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यसपाली गुल्मी ३ बाट मैले नै जित्छुः सेन (अडियो कुराकानी)

Published on 3:40:00 AM //

प्रेम सुनार
गुल्मी, कात्तिक २७ । संयोगको कुरा २०५६ सालमा गुल्मी क्षेत्र नम्वर ३ मा सर्वसाधरणलाई आतंकित पार्ने गरी चुनावी भीडन्त गरेका भन्ने आरोप लागेका कांग्रेस उमेदवार त्रैलोक्यप्रताप सेन र एमाले उमेदवार गोर्कणराज विष्ट यसपाली पनि चुनावी मैदानमा छन् । त्यस वेला दर्लामचौर गाविसको नयाँपोखरामा कांग्रेसको आमसभा विथोल्न रातो फेटा बाँधेका एमालेका युवाहरुले यत्रतत्र ढुङ्गा प्रहार गरेपछि कांग्रेस युवाहरुले प्रतिकारमा एमाले उमेदवार विष्टका भाई गगन विष्टको दाहिने हात काटेका थिए ।
 सेनले जित्ने निश्चित जस्तै अडकल काटिएका बेला कांग्रेसले विष्टका भाईको हातै काटिदियो रे भन्ने खवरले रातौंरात जनताको सहानुभुती विष्टप्रति बढ्यो र उनले झिनो मतले जितेका थिए । यसपाली यी दुई मात्र छैनन् क्षेत्र नम्वर ३ मा २०६४ को संविधान सभा चुनावमा जितेको एकिकृत नेकपा माआवादीका उमेदवार वामदेव क्षेत्री पनि कडा प्रतिष्पर्धामा छन् । तर पनि कांग्रेस उमेदवार सेन २०५६ कै कार्यकर्ता र त्यही घटनालाई स्मरण गर्दै भन्छन् ‘ २०५६ सालमा दुःखद घटना घटेकोले मात्रै हारेको हुँ, यसपाली मैले जित्छु ।’ सुनौ उनै सेनसँग गुल्मीन्युज डट कम सहकर्मी प्रेम सुनारले गरेको अडियो कुराकानी:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग