Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चक्काजामले अलपत्र बिरामीको एमालेका कार्यकर्ताद्धारा उद्धार

Published on 4:13:00 AM //

विष्णु पौडेल
गुल्मी, कात्तिक २७ । नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले गरेको चक्कजामले गर्दा अलपत्र परेका विरामीलाई प्रचारप्रसारमा पुगेका एमालेका कार्यकर्ताले बोकेर अस्पताल पुर्‍याएका छन्।

गुल्मीको सदरमुकाम तम्घासवाट पश्चिममा पर्ने हस्तिचौर गाविस वडा नम्वर ४ उजुङका ७० वर्षीय दण्डपाणी ज्ञवालीलाई एमाले निकट युथफोर्स र अनेरास्वीयुका कार्यकर्ताले वोकेर जिल्ला अस्पताल ल्याएका हुन्।

चुनावी प्रचारप्रसारमा रहेका युवाहरुले विरामीको विचल्ली देखेपछि उजङवाट छल्दीखोलासम्म्ा स्टेचरमा बोकेर ल्याएको र त्यसपछि चुनावी प्रचारमा प्रयोग भएको एमाले क्षेत्र नम्वर ३ का उमेद्वार गोकर्ण विष्टको गाडीमा सदरमुकामस्थित जिल्ला अस्पतालसम्म ल्याएको अनेरास्वीयु क्षेत्रीय सचिवालय सचिव आरएन विसीले वताए।

उनका अनुसार झण्डै एकसातादेखि दमका कारण थलिएका ज्ञवाली बन्दले गर्दा उपचार गराउन आउन सकेका थिएनन्। स्थानीय स्वास्थ्य चौकीमा उपचार गराउँदा जिल्ला अस्पताल जान सुझाव दिएपनि आर्थिक अभावका कारण एम्भुलेन्स रिजर्व गर्ने पैसा नभएर घरमै वसेको विसीले वताए।

उनको अहिले जिल्ला अस्ताल तम्घासमा उपचार भैरहेको छ। यसैबीच चक्काजामको प्रभाव गुल्मीमा आंशिक रुपमा परेको छ। जिल्लाभित्रै फाट्फुट्ट सवारीसाधन चलेपनि लामो दुरीका सवारीसाधन चलेका छैनन्। पश्चिम नेपाल बस व्यवसायी समितिका गुल्मी प्रमुख महेश काउछाले यात्रु नभएको वस नचलाएको वताए। उनले स्कटिङ्ग गरी एउटा बस बिहान वुटवल पठाएको जानकारी दिए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग