Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गगन थापाको चुनावी प्रचारमा नीर शाह लगायतका कलाकारहरु

Published on 1:14:00 AM //

काठमाडौं, १५ कार्तिक । काठमाडौको क्षेत्र नम्वर ४ अन्तर्गत महाँकाल गाबिसमा सञ्चालित नेपाली काँग्रेसका उम्मेदवार गगन थापाको चुनावी प्रचार प्रसार अन्तर्गतको घरदैलो कार्यक्रममा नीर शाह लगायतका कलाकारहरु उपस्थित भई थापाको उम्मेदवारी प्रति ऐक्यबद्धता जनाएका छन ।

नीर शाहका अतिरिक्त सुरेश अधिकारी, महेश खड्का, लोकराज अधिकारी, विपीन किरण, छविराज अधिकारी, हेमन्त बुढाथोकी, सुदीप रेग्मी लगायत अन्य कलाकारहरु पनि उपस्थित थिए । उनिहरुले उम्मेदवार  गगन थापासँगै सो क्षेत्रका घर घरमा पुगी थापालाई मत हाल्न स्थानीय मतदाताहरुलाई आग्रह पनि गरेका थिए ।

आजै उम्मेदवार गगन थापा र क्षेत्र नं ४ मा बसोबास गर्ने  शेर्पा समुदायका मतदाताबीच एक अन्तर्क्रिया कार्यक्रम पनि आयोजना गरिएको थियो ।

आजको घरदैलो कार्यक्रम महाँकाल गाविसको मण्डिखाटारबाट बिहान सात बजे सुरु भई दिनभर सोही गाविसमा सञ्चालन भएको थियो । यस घरदैलो कार्यक्रममा स्थानीय मतदाता, नेपाली काँग्रेसका कार्यकर्ता तथा शुभेच्छुकहरुको उपस्थिति थियो ।

कार्तिक १६ गतेको चुनावी प्रचार प्रसारको कार्यक्रम अन्तर्गत कपन गाविसको वडा नं १ बाट बिहान सवा सात बजे घरदैलो  सुरु गरी दिनभर घरदैलो तथा स्थानीय मतदाताहरुसँग भेटघाट तथा अन्तरक्रिया  गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेस क्षेत्र नम्वर चारका क्षेत्रीय सभापति न्हुच्छेनारायण श्रेष्ठले जानकारी दिनुभयो।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग