Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पहिरोले कालिगण्डकी थुनियो, नदि किनारका वस्ती जोखिममा

Published on 11:43:00 AM //

प्रेम सुनार
कार्तिक १५, गुल्मी । आज विहान देखि छिमेकी जिल्ला स्याङ्गजा तर्फबाट बगि रहेको भिषण पहिरोले कालिगण्डकी नदि बिहान ८ वजे देखि थु्निएको छ । नदि थुनिदा छेउँछाउँका वस्ती डुवानमा पर्ने गरी जलमग्न भई उच्च जोखिमा परेको ठुलोलुम्पेक ८, चेहमी गाउँका शिक्षक शेरबहादुर कुँवरले बतए ।
स्याङ्गजाको विर्घा र आलमदेवि गाविसको विचमा पर्ने आलम देविको मन्दिर तलबाट विहान करिव ८ वजेदेखी झरेको पहिरो अहिले पनि वगिरहेकोले स्थानिवासीमा त्रासको बातावरण सिर्जना भएको कुँवरले गुल्मीन्युजलाई  जानकारी गराए । मिर्मी, विर्घा, गोकरुङ्गा लसौगा, कोटाकोट मोटरबाटो खनिए पछि गत चैत्रदेखि त्यहाँ पहिरो जान सुरु गरेको र आजको पहिरो अहिले सम्मकै ठुलो भएको बताईएको छ ।
‘हिजो मात्र वारी ठुलोलुम्पेकको मोटरबाटोमा बम बलास्टीङ्ग गरिएको थियो’ स्थानिय अर्का शिक्षक हेमन्त कुँवरले भने ‘आज विहान अनौठो तरिकाले पारीबाट धुले पहिरो गएर करिव ५० मिनेटदेखि कालिगण्डकी थुनिएको छ ।’ प्रत्यक्षदशी अर्का शिक्षक पुनाराम कुँवरले भने –‘अहिले गुल्मी तर्फको भागबाट पुरै थुनिएको बाँध पानीले थोरै खोल्न सुरु गरेको छ, हेरौं पुरै खोल्छ कि केहि वेर पछि ।’ यो हिउँद महिनामा पहिरोले कालिगण्डकी थुनेको यो पहिलो र अनौठो घटना हो भन्छन स्थानिवासी । कालिगाण्डकी थुनिएर जल मग्न भएपछि किनारमा रहेको गगनचिदी, गुलाम्दी, देउपाटन वस्तीका मानिसहरुमा त्रास फैलिएको राम माध्यामिक विद्यालय अस्लेवा २ का शिक्षक रहेका कुँवरले बताए ।
सिरानमा रहेको आलमदेवि मन्दिर समेत पहिरोले जोखिममा पारेको उनिहरुले बताए । यस सम्वन्धमा रिडी ईलाका प्रहरी कार्यालयका प्रहरी निरक्षक केशव चन्दसंग सम्पर्क राख्दा उनले पनि कालिगण्डकी पहिरोले थुनेको बताए । अहिले भने नदिले खोल्न सुरु गरेपछि स्थानिवासी खतार मुक्त छन्’ चन्दले भने । स्थानियवासीका अनुसार यो हिउँद महिनामा कालिगण्डकीमा पानीको वहाव कम भएर मात्रै तत्तकाल ठुलो क्षति हुन सकेन यदि वर्षायाम हुन्थ्यो भने ठुलै क्षति हुने थियो । माथी कोटाकोटको पहिरोले यातयात समेत लामो समयदेखि अवरुद्ध हुँदै आएको बताईएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग