Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हारेका उम्मेदवारले मतदातालाई भने ‘धन्यबाद’

Published on 4:09:00 AM //

विशाल भट्टराई
गुल्मी, मंसिर ९ । संबिधानसभा सदस्य निर्वाचन २०७० मा पराजीत भएका यहाँका उम्मदवारहरुले मतदातालाई धन्यबाद दिएका छन् । जिल्लाबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा सहभागि भएर पराजय बेहोरेका मुख्य दलका नेताहरुले मतदातालाई धन्यबाद दिएका हुन् ।
गुल्मीको क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका एमाले पोलिटब्यूरो सदस्य प्रदिप कुमार ज्ञवालीले आफ्नो फेसबुक मार्फत सम्पूर्ण उम्मेदवारलाई धन्यबाद दिएका हुन् । त्यस्तै एमाओबादीबाट उम्मेदवार बनेका क्षेत्र नम्बर १ का शुदर्शन बराल, २ का अशोक कुमार थापा र ३ का बामदेब क्षेत्रीले पनि प्रेस विज्ञप्ती मार्फत मतदातालाई धन्यबाद दिएका हुन् । क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार रहेका त्रैलोक्य प्रताप सेनले प्रेस विज्ञप्ती जारी गर्दै सम्पूर्ण मतदाता प्रति कृतज्ञता ब्यक्त गरेका छन् ।
राप्रपा गुल्मीले पनि सम्पूर्ण मतदाताहरुलाई धन्यबाद दिएको छ । सम्पूर्ण उम्मेदवारहरुले आफूहरु भविष्यमा पनि जनताको सुख दुखमा सँगै रहने प्रतिवद्धता ब्यक्त गरेका छन् । यसैबिच नेपाली कांग्रेस गुल्मीका सभापति चन्द्र केसीले आईतबार सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन गरेर नेपाली कांग्रेसको पक्षमा मतदान गर्ने सम्पूर्ण मतदाताहरुलाई धन्यबाद दिएका छन् । साथै उनले नेपाली कांग्रेसबाट संबिधान सभा सदस्य बनेका नेताहरु सधै जनताको साथमा रहेर काम गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग