Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीबाट २७ उम्मेदवारको जमानत जफत

Published on 4:08:00 AM //

विशाल भट्टराई
गुल्मी, मंसिर ९ । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा गरेर २७ उम्मेदवारहरुको जमानत जफत भएको छ । कूल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्ने सम्पूर्ण उम्मेदवारहरुको जमानत जफत भएको हो । तीन मुख्य ठूला दलहरु कांग्रेस, एमाले र एमाओबादीमा क्षेत्र नम्बर २ का एमाओबादी उम्मेदवार अशोक थापाको मात्रै जमानत जफत भएको छ । उनले ९.९५ प्रतिशत मात्रै मत प्राप्त गरेका छन् । यी ठूला दलका अरु उम्मेदवारहरुको भने जमानत जफत भएको छैन् । जमानत जफत हुने अरु उम्मेदवारहरुले ३ प्रतिशत भन्दा बढी मत ल्याएका छैनन् । अधिकांश १ प्रतिशत मत पनि नल्याउनेको सूचीमा छन् । जिल्लाबाट उम्मेदवारी दर्ता गराएका राप्रपा नेपाल, राप्रपा, जनमुक्ति पार्टी, जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, श्रमीक जनता पार्टी, नेकपा माले, अखण्ड नेपाल पार्टी, लोकतान्त्रीयक युवा पार्टी र नेपाल परिवार दलका सम्पूर्ण उम्मेदवारहरुको जमानत जफत भएको छ ।
८ जना स्वतन्त्र उम्मेदवारहरुको पनि जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सम्पूर्ण उम्मेदवारहरुले मनोनयन दर्ताको समयमा बुझाएको ३ हजार रुपैँया पाउने छैनन् । जिल्लाको क्षेत्र नम्बर ३ मा ३८ हजार ९ सय ९, क्षेत्र नम्बर २ मा ४७ हजार ६८ र क्षेत्र नम्बर १ मा २९हजार २ सय २३ मत खसेको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग