Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बैद्यले बुथ कब्जा गरेपनि दैलेखमा मतदान रोकिएन

Published on 1:06:00 PM //

४ मंसिर, दैलेख । बैद्य माओवादीले बुथ कब्जा गरेको दैलेखको चामुण्डामा भरखरै मतदान सुरु भएको छ ।
विहान मतदान सुरु हुन केहीबेर अघि बैद्य माओवादीका कार्यकर्ता बुथ कब्जा गर्दै मतपेटिका र मतपत्र जलाएका थिए । बैद्य माओवादी आक्रमणमा उत्रिएपछि मतदान स्थलमा भागदौड मच्चिएको थियो भने प्रहरीले १७ राउण्ड हवाई फायर गरेको थियो । भागदौड तथा गोली चलाउने क्रममा १४ जना घाइते भएका छन् । उनीहरु मध्ये २ जनाको अवस्था गम्भीर छ । उनीलाई हेलिकोप्टरबाटै सदरमुकाम ल्याइँदैछ ।
हेलिकोप्टरबाट मतपत्र र मत पेटिका लगेपछि मध्यान्ह सवा १२ बजेबाट मतदान सुरु भएको छ । गृहप्रवक्ता शंकर कोइरालाले पनि मतदान सुरु भएको पुष्टि गर्नु भएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग