Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मगर संघ युएईको फुजेराह क्षेत्रीय समिति गठन

Published on 12:19:00 AM //

लालबहादुर ढेंगा,
दुबई । सन् २००५ मा स्थापना भएको मगर संघ युएईले आफ्नो क्षेत्रीय समितिहरुलाई अझै सशंक्त रुपमा क्रियाशील गर्दै लैजाने क्रममा गत २२ नोभेम्बर शुक्रबारका दिन फुजेराह क्षेत्रीय समिति गठन गरेको छ ।
सो क्षेत्रीय समिति फुजेराहस्थित एउटा बृहत् भेलाको आयोजना गरी चन्द्रबहादुर राना मगरको संयोजकत्वमा भएको हो । उक्त भेलाको प्रमुख अतिथिमा केन्द्रीय अध्यक्ष हस्तराज दलार्मी रहनुभएको थियो भने बिशेष अतिथिमा वरिष्ठ उपाध्यक्ष भरतराज राना रहनुभएको थियो । त्यसैगरी अन्य अतिथिहरुमा उपाध्यक्ष ललितमान राना, उपाध्यक्ष उपेन्द्र राना, संगठन विभाग प्रमुख प्रदिप थापा र शारजाह क्षेत्रीय समितिका अध्यक्ष दिलीप रेश्मी मगर रहेका थिए ।
सो भेलाले आगामी दुई बर्षे कार्यकालका लागि १९ सदस्यीय मगर संघ युएई फुजेराह क्षेत्रीय समिति गठन गरेको छ । जसमा क्रमशः अध्यक्षमा गुनबहादुर बराही मगर, उपाध्यक्षमा हिमाल थापा मगर, कोषाध्यक्षमा तुलसी थापा मगर, सचिवमा देवश्री राना मगर र सहसचिवमा सुवास राना मगर रहेका छन् । त्यसैगरी अन्य सदस्यहरुमा सुमन राना, शुनिल पुन, धन पुन, चन्द्रा राना, सुमित्रा राना, सृजना राना, माया राना, सुगेश थापा, चन्द्र राना, पूर्ण आले, मानबहादुर सुनारी, डोलबहादुर पचभैया, रामबहादुर राना र गौरव थापालाई चयन गरेका छन् ।
वरिष्ठ उपाध्यक्ष भरतराज राना मगरले नयां कार्यसमितिमा चयन भएका पदाधिकारीहरुलाई कार्य सफलताको शुभकामना दिदै मगर संघ युएईले विगतदेखि नै प्रवासमा पनि मगर सस्कृतिलाई जर्गेना गर्दै मगरहरुको उत्थानमा जागरुक भएको बताए । त्यसैगरी केन्द्रीय अध्यक्ष हस्तराज दलार्मी मगरले आगामी दिनहरुमा मगर संघ युएईलाई अझै क्रियाशील गर्दै युएईस्थित कार्यरत सम्पूर्ण मगरहरुलाई समेट्नमा जोड दिदै फुजेराह क्षेत्रीय समिति गठन गर्नमा सफल बनाउने सबैलाई धन्यबाद व्यक्त गरे । देवश्री राना मगरको शुभकामना मन्तव्य र आ आफ्नो परिचयत्मक कार्यक्रमबाट थालनी गरिएको भेलालाई ललितमान रानाले संचालन गरेका थिए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग