Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हङकङ लाई पाँच विकेट ले हराउदै नेपाल बिश्वकपको लागी छनोट

Published on 12:14:00 AM //


काठमाडौँ, मंसिर १२। नेपालले ट्वान्टी–२० विश्वकपमा छनोट प्रतियोगितामा हङकङलाई पाँच विकेटले हराउँदै विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ।

संयुक्त अरब इमिरेट्स (युएइ)को अबुधाबीस्थित शेख जायद अन्तर्राष्ट्रिय क्रिकेट मैदान आज भएको खेलमा हङकङलाई हराउँदै नेपालले सुनौलो इतिहास रचेको हो। जारी प्रतियोगितामा समूह बी मा तेस्रो भएको नेपालले समूह ए बाट दोस्रो भएको हङकङलाई हराउँदै पहिलो पटक विश्वकपमा छनोट हुने अवसर पाएको हो।

यो खेलसँग सोझै विश्वकपमा स्थान पाउने नेपाल तेस्रो टोली बनेको छ। आजको खेलमा टस हार्दै हङकङले पहिलो ब्याटिङ गर्नुपरेपछि सात विकेटको क्षतिमा १४३ रन बनाएको थियो। जितका लागि १४४ रनको लक्ष्य पहिल्याएको नेपालले अन्तिम बलमा एक रनका आवश्यक रहँदा शरद भेस्वाकरले रन लिन सफल भएपछि नेपाल विजयी भएको हो।

नेपालका कप्तान पारस खड्का ३९ बलमा ४६ रन, उपकप्तान ज्ञानेन्द्र मल्लले २७ बलमा ३ चौकाको सहयोगमा ३० रन, सागर पुनले १९ बलमा ३ चौकाको मद्दतमा २२ रन र शरद भेस्वाकरले ७ बलमा १३ रन बनाए।

नेपालका लागि जितेन्द्र मुखियाले ३ विकेट, अविनाश कर्णले २ विकेट र पारस खड्काले १ विकेट हात पारेका थिए। हङकङका लागि वाकस वर्कात र निजाकतले समान २५ रन बनाए भने अन्य खेलाडीले खासै योगदान दिन सकेनन्।

आगामी वर्षको मार्चमा बङ्गलादेशको राजधानी ढाकामा हुने ट्वान्टी–२० विश्वकपमा नेपालले आफ्नो स्थान सुरक्षित गरेको छ। विश्व ट्वान्टी–२० छनोटमा सहभागी १६ टोलीलाई दुई समूहमा विभाजन गरिएको खेलमा दुबै समूहका विजेता टोली विश्व ट्वान्टी–२० लाई छनोट हुने प्रावधानअनुरुप समूह ‘ए’ बाट आयरल्यान्ड र समूह ‘बी’ बाट अफगानिस्तान ट्वान्टी–२० विश्वकपमा छानिसकेका छन्।

विगत १७ वर्षे लामो अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा विश्वकप खेल्ने नेपालको चाहना यो खेलबाट पूरा भएको हो।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग