Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

‘तम्घासलाई नमुना बनाउने, प्रति घर दुई गमला फुल सजाउने’

Published on 9:59:00 PM //

प्रेम सुनार
गुल्मी, मंसिर १२ । वेग्लै पहिचान दिने उद्देश्यका साथ सदरमुकाम तम्घासमा सुरु गरिएको ‘तम्घासलाई नमुना बनाउने, प्रति घर दुई गमला फुल सजाउने’ अभियानले यस वजारका घरहरुको शौन्दर्य बढाएको छ । गत दुई महिना अघिदेखि गुल्मी उद्योग वाणिज्य संघले सुरु गरेको यो अभियानले तम्घासको सिडिओ क्वाटर देखि उदिनढुङ्गा सम्म प्रत्येक घर अगाडी दुई-दुई वटा गमलामा फक्रिएको सयपत्री फुलले शौन्दर्य बढाएको हो ।
यो अभियानको पहिलो चरणमामा सिडिओ क्वाटर देखि उदिनढुङ्गा सम्म दुई वटा गमलाका दरले दुई सय घरधुरीमा ४ सय गमलामा सयपत्री फुल वितरण गरिएको संघका अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेले बताए । कृषि विकास कार्यालयको ३० हजार सहयोग र प्रति घरधुरी २५० रुपैयाँ र वाँकी गुल्मी उद्योग वाणिज्य संघले खर्च गरी यो अभियान सुरु गरेको अध्यक्ष पाण्डेले जानकारी दिए । पर्यटन विकासको जमर्कोमा जुटेको यस जिल्लामा आउने पर्यटकहरुलाई आकर्षित गर्न र वेग्लै पहिचान दिने नमुना जिल्ला वनाउन वाणिज्य संघले यो अभियान ल्याएको उनको भनाई छ । घरको पहिलो तलाको विच भागमा फलामे स्टयण्ड वनाएर राखिएको गमलाको सयपत्री फुल बढिमा तिन महिना फुलेर शौन्दर्य दिन सक्छ ।
जसलाई निरन्तरता दिन घर धनी स्वयमले फुल पुनः रोप्नु पर्ने नियम बनाईएको संघका महासचिव कृष्णप्रसाद पोखरेलले बताए । वजार सर–सफाईमा मनोवैज्ञानिक प्रभाव पार्नका लागि पनि यो अभियान सुरु गरेको संघको दावि छ । घर अगाडी फुल फक्रिएको देखेपछि मानिस आफ्नो घर वगैचा सर सफाईमा स्वतःस्फुर्त जुट्न सक्छन भन्ने ठानेर यो अभियान लिईएको महासचिव पोखरेलले बताए । उनले भने–‘घरमाथी फक्रिएको फुलको सौन्दर्यले अवस्य मानिसको मनमा घरको सर सफाईमा ध्यान पुग्छ भन्ने ठानेका छौं ।’ यो अभियनलाई कृषि विकास कार्यालयले अर्को वर्ष पनि निरन्तरता दिने वचन दिएकोले तम्घास बजारका पुरै घरहरुमा क्रमश राखीने योजना रहेको उनले जानकारी दिए ।
प्लाष्टिक मुक्त जिल्ला बनाउने अभियानमा पनि वाणिज्य संघले नै अगुवाई गरेको थियो । त्यो कत्तिको प्रभावकारी रह्यो त ? भन्ने प्रश्नमा अध्यक्ष पाण्डेले पसलहरुमा समान दिने अर्को झोला प्रयाप्त नभएका कारण पुर्ण रुपमा लागु हुन नसके पनि प्रभावकारी नै रहेको दावि गरे । एउटा ब्याक्ति वा संस्थाको मात्रै प्रयासले कुनै पनि कुरा सफल पार्न नसकीने भन्दै अध्यक्ष पाण्डेले तम्घास वजारको सर–सफाई र शौन्दर्य भर्ने कुरामा प्रत्येक घर र ब्याक्तिले साझा अभियान ठानेर जुट्न आग्राह गरे । अहिले यो फुलको गमलाका अलवा घर अगाडी ढोकाको दुवैतिर भरी आम्खरा र कसैले तामा पित्तलको सानो गाग्री राख्ने यस वजारको पुरानो चलन अझै अधिकांस घरहरुमा कायमै छ ।
"म फुल झैँ फक्रियोस् सवै मनुष्यको मुस्कान पनि" सायद यस्तै शुभेच्छा प्रकट गर्दैछन् तम्घास वजारका घरअ-घरमा गुलेका यि फुलहरु । तस्बिर: प्रेम सुनार

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग