Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विपक्षीको आर्थिक चलखेलबाट मैले हारेः त्रैलोक्य प्रताप सेन

Published on 8:01:00 PM //

प्रेम सुनार
मंसिर ८, गुल्मी । गुल्मी क्षेत्र नम्वर ३ का नेपाली कांग्रेसका उमेदवार त्रैलोक्यप्रताप सेनले विपक्षीहरुको आर्थिक चलखेलबाट आफुले हारेको दावि गरेका छन् । आज सदरमुकाम तम्घासमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी सेनले यस्तो दावि गरेका हुन् । ‘अन्तिममा आएर विपक्षीले आर्थिक चलखेल गरेर हार्नु परेको हो’ सेनले विपक्षीको नाम उच्चारण नगरी आरोप लगाउदै भने–‘अन्तिममा आएर रकम बाँडेर जनमतलाई मोडियो र मैले हार्नु परेको हो ।’
विपक्षीले रकम बाँडेको पुष्टाई गर्ने कुनै आधार छ ? भन्ने प्रश्नमा उनले अव छिट्टै समिक्षा बैठक बसेर आधार पुष्टी गर्ने जिकिर गरे । उनले विकास निर्माणमा समेत झुटको खेती गरेर जनमतलाई मोड्ने काम गरिएको आरोप लगाए । सेनले आफुले हारे पनि झुटको खेती गर्ने परम्परालाईलाई तोड्ने बताए । उनले पार्टीका सवै कार्यकर्ता, आम मतादाता, शुभुच्छुकहरुलाई चुनावमा गरेको सहयोगप्रति धन्यवाद प्रकट गर्दै भने –‘म हारे गुल्मी जिल्लाको विकासमा सदैैव लागि पर्ने छु । ’

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग