Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एक वर्ष भित्रमा काँग्रेसले समावेशी संविधान जारी गर्ने: नेता पौडेल

Published on 10:05:00 PM //

जनार्दन घिमिरे
गुल्मी, १ मंसिर । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले गएको संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसले बहुमत ल्याउन नसक्दा संविधानसभाले हारेको बताउनुभएको छ । उहाँले नेपालमा काँग्रेसको वहुमत नआउँदासम्म संविधान निर्माण हुन नसक्ने भन्दै लोकतन्त्रको रक्षा र नयाँ संविधानमा जनताको अधिकार सुरक्षीत गर्नकालागि पनि काँग्रेसको विजय अपरिहार्य भएको वताउनु भएको छ ।
लोकतान्त्रिक संविधान निर्माणका लागि नेपाली काँग्रेसलाई बहुमत दिलाउन वर्तमान समयको आवश्यकता भएको भन्दै उपसभापति पौडेलले संविधानसभाको निर्वाचनबाट एक वर्ष भित्रमा काँग्रेसले समावेशी संविधान जारी गर्नेे दाबी गर्नुभयो । नेपाली काँग्रेस गुल्मी क्षेत्र नम्वर ३ को आयोजनामा शुक्रबार अमरपुरको राङ्गदलमा आयोजना गरेको नागरिक सभालाई सम्बोधन गर्दै उपसभापति पौडेलले उक्त कुरा व्यक्त गर्नु भएको हो ।
नयाँ संविधानमा दलित, जनजाति, गरिब, असाहय सबैको प्रतिनिधित्व हुने भन्दै उपसभापति पौडेलले त्यसको नेतृत्व काँग्रेसले गर्ने बताउनुभयो । उहाँले संघीय स्वरुपको समाबेशी संविधान जारी गर्ने र दश वर्षभित्र मुलुकलाई संमृद्ध नेपाल बनाउने लक्ष्य काँग्रेसले लिएको गुल्मीन्युज डट कमलाई बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका उपसभापति पौडेलले चारचार पटकसम्म सरकारमा पुगेका कम्यूनिष्ट दलहरुले संविधान दिन नसकेको बताउँदै अहिले पनि जनतामा अविश्वासको स्थिति पैदा गराउने, फटाही र क्रान्तिका कुरा गर्ने तर कालान्तरमा प्राप्तिलाई रोक्ने परपञ्च रचेको आरोप समेत लगाउन भएको थियो ।



0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग