Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

निर्वाचन अधिकृतहरु मतदान केन्द्रमा, परिचय पत्र वितरण शुरु (फोटोहरु सहित)

Published on 9:25:00 PM //

जनार्दन घिमिरे
गुल्मी १ मंसिर । संविधान सभा निर्वाचनमा खटिएका गुल्मीका सम्पूर्ण मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुको टोली आआफ्नो मतदान केन्दमा पुगि सकेका छन् । तीन वटा निर्वाचन क्षेत्र रहेको यस जिल्लाका २ सय ३३ मतदान केन्द्रमा मतदान अधिकृत सहितको टोली पुगि मतदाता परिचय पत्र वितरण गर्न समेत शुरु गरि सकेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
आफ्नो मतदान केन्द्रमा कर्मचारीहरु आई पुगेको जाकारी पाएपछि मतदाताहरु आफु र आफ्नो मतदाता परिचय पत्र लिन उत्साह पुर्वक मतदान केन्द्रमा पुगेका थिए । निर्वाचन हुँदैन भन्ने कुरामा अन्योलको स्थितिमा रहेका मतदाताहरु आफ्नो मतदान केन्द्रमा कर्मचारीहरु आई पुगेको थाहा पाएपछि परिचयपत्र लिनकालागि हतार हतार गर्दै मतदान केन्द्रमा पुगेका थिए ।
मतदान अधिकृतहरुले मतदान स्थल वरिपरि लाईनलाई व्यवस्थित गर्नका लागि रसि टाग्न समेत शुरु गरि सकेका छन् । गाउँमा सुरक्षाकर्मिहरु र कर्मचारीहरुको चहलपहल वढ्न थालेपछि जनातहरु समेत उत्साहित वनेका छन् । जिल्लावाहिर वसेका मतदाताहरु धमाधम गाउँ फर्कने क्रम वढ्दो छ । यस पटकको संविधान सभा निर्वाचनमा यस जिल्लामा कुल १ लाख ५० हजार ६ सय ६४ मतदाताहरु रहेका छन् ।
निर्वाचन अधिकृतहरुले मतदान केन्द्रमा मतदाता परिचय पत्र वितरण गर्न शुरु गरेपछि आफु र आफ्नो परिवारको मतदाता परिचय पत्र लिंदै मतदाताहरु । तस्विर ः जनार्दन घिमिरे
निर्वाचन अधिकृतहरुले मतदान केन्द्रमा मतदाता परिचय पत्र वितरण गर्न शुरु गरेपछि आफु र आफ्नो परिवारको मतदाता परिचय पत्र लिंदै मतदाताहरु । तस्विर ः जनार्दन घिमिरे
संविधान सभा निर्वाचनमा मतदान गर्नकालागि शुक्रवार पर्यटक वस रिर्जभ गरेर अर्घाखाँचि जानकालागि आएका मतदाताहरु सनिवार सदरमुकाम तम्घाससम्म आई पुगेका छन् ।  तस्विर ः जनार्दन घिमिरे

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग