Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिल्लामा पूर्ण सुरक्षाको प्रत्याभूति गराउने प्रजिअको प्रतिवद्धता, केही समस्या परे नि:शुल्क १६६०७९५२२२२ मा फोन गर्न अनुरोध

Published on 8:44:00 PM //

जनार्दन घिमिरे
गुल्मी, २२ कात्तिक । जिल्ला प्रशासन कार्यालय गुल्मीले वन्दको अवधिमा जिल्लामा जनतालाई पुर्णरुपमा सुरक्षाको प्रत्याभूति गराउने प्रतिवद्धता व्यक्त गरेको छ । प्रशासनले जनतालाई सुरक्षा दिने काम भनेको जिल्लामा प्रमुख जिल्ला अधिकारीको भएको भन्दै यदि कोही कसैले वन्दगराउँदैं हिड्छ र फोन मार्फत समेत धम्क्याउँछ भने त्यस्तालाई कडा भन्दा कडा कानुनि कार्वाही गर्न प्रशासन कुनै पनि हालतमा पछि नपर्ने चेतावनी दिनु भएको छ । वन्दको विषयमा आज जिल्ला प्रशासनकार्यालयमा आयोजना गरिएको सर्वपक्षीय वैठककमा प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले उक्त कुरा व्यक्त गर्नु भएको हो ।
निर्वाचनको समयमा यातायात, खाद्यान्न एवं पेट्रोलीय पदार्थ जस्ता अत्यावश्यक वस्तुको आपुर्ति सहज गर्नका लागि यातायातका सवारी साधनहरुमा हतियार सहितका सुरक्षाकर्मिहरु राखि जनतालाई गन्तव्यमा पुग्ने व्यवस्था मिलाउने वताउनु भएको छ । त्यसको लागि राजनैतिक दलहरु अघिअघि र सुरक्षा निकायपछिपछि हिड्न तयार रहेको समेत स्पष्ट पार्नु भएको छ । वन्दको समयमा यातायातका सवारी साधनहरु संचालन नगर्दा र वजार तथा पसलहरु वन्द गर्दा वन्दकर्ताहरुको मनोवल वढ्न सक्ने भन्दै उनीहरुको मनोवललाई निस्तेज पार्नकालागि पनि वन्दको अवज्ञा गर्न राजैतिक दल, उद्योग वाणिज्य संघ, यातायात व्यवसायी, नागरिक समाज, मानवअधिकारकर्मि लयायत सवैमा आग्रह समेत गर्नु भयो ।
व्यवसायीहरुले वन्दको समयमा सवारीसाधनहरु संचालन गर्नकालागि सरकारले पूर्ण रुपमा सुरक्षाको प्रत्याभूति दिलाउन सक्ने वातावरण भएमा र विमा कम्पनिहरुले उचित क्षतीपूर्ति दिलाउन सक्नेगरि सरकार र कम्पनि विच सम्झौता हुनसकेमा आफुहरु पनि निर्भिक तरिकाले सवारी साधनहरु संचालन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । जनतालाई सुरक्षा सम्वन्धि कुनै समस्या परेमा तुरुन्त फोन गर्नकालागि प्रशासनले आजदेखि पैसा नलाग्ने १६६०७९५२२२२ नम्वरको नयाँ टोलफ्री नम्वर समेत सार्वजनिक गरेको छ । वैठकपछि जिल्ला प्रशासन कार्यालयले एक अपिल प्रकाशित गरि जिल्लामा उक्त अवधिमा निर्भिकतासाथ सवैलाई यातायात, वजार, उद्योग, शिक्षण संस्था,कलकारखाना सवै यथावतरुपमा सुचारु गरि सहयोग गर्न आग्रह समेत गरेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग