Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

फोहोर शब्दसहित ज्यानको धम्की आएपछि सुष्मा प्रहरीको शरणमा

Published on 6:11:00 PM //

नायिका सुष्मा कार्कीले सुनिनसक्नु छाडा शब्दसहित ज्यानको धम्की आएपछि प्रहरी गुहारेकी छिन्। उनले आफूलाई छाडा शब्द प्रयोग गरी ज्यान मार्ने धम्की आएको भन्दै शुक्रबार प्रहरी प्रभाग हुनमानढोकामा उजुरी दर्ता गराएकी हुन् । उध्रेको चोली गर्ल सुष्माका अनुसार कसैले आफूलाई शिल्पा कार्की र आकृति पाण्डे भन्ने फरकफरक नाम भन्दै धम्की दिएको उजुरीमा उल्लेख गरेकी छिन् । सुन्नै नसक्ने अश्लील शब्दसहित पटकपटक फोन गरेर ज्यानको समेत धम्की दिएकाले प्रहरीकहाँ पुगेको सुष्माले जानकारी गराएकी छिन् ।

उनका अनुसार ती महिलाले ३ दिन यता व्यक्तिगत कुरासमेत जोड्दै फोनबाट धम्क्याइरहेकी छिन्। उनका अनुसार ती महिलाकै माध्यमबाट विभिन्न युवकले समेत फोनमा गाली गर्ने गरेका छन् । रात बेरात फोन गरेर नानाभाँतीका फोहोर शब्द प्रयोग गरी गाली गर्ने गरेको सुष्माको आरोप छ । प्रहरीले भने यसबारेमा अनुसन्धान गरिने जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग