Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा महिलालाई कहाँ कस्तो कार्यक्रम पर्दैछ ?

Published on 3:57:00 AM //

प्रेम सुनार
गुल्मी, १३ मंसिर । महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा लैङ्गिक तथा वाल अधिकार प्रवाहीकरण जिल्ला समन्वय समितिको बिहीवार सम्पन्न बैठकले जिल्लाका विभिन्न गाविसमा महिला शशक्तीकरण सम्वन्धी कार्यक्रम संञ्चालन गर्ने घोषणा गरेको छ । स्थानिय विकास अधिकारी हरिप्रसाद ज्ञवाली अध्यक्ष रहेको समितिको बैठकले प्रथम चौमासिक कार्यक्रमको समिक्षा गर्दै दोश्रो चौमासिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । औपचारिक भन्दा पनि ब्यबहारिक रुपमा प्रभावकारी ढंगले सञ्चालन गर्ने कुरामा समितिका अध्यक्ष ज्ञवालीले जोड दिदै बैठकले विभिन्न गाविसबाट माग भई आएका कार्यक्रमहरुलाई प्राथामिकता दिएको छ ।
समितिकी सदस्य सचिव तथा महिला तथा वाल वालिका अधिकृत जमुना पौड्यालले जानकारी दिए अनुसार पौदी अमराई गाविसमा मौरी पालन कार्यक्रम परेको छ । कुर्घामा वाख्रा पालन, दरवारदेविस्थानमा आयमुलक तरकारी खेती, ग्वादीमा मौरी पालन दोहलीमा मुढा बुन्ने तालिम, पिपलधारामा वाख्रा पालन, अस्लेवामा बाँसको सामग्री, मरभुङमा आलु खेती र विकल्पका रुपमा मरभुङमै अदुवा खेती गरिने भएको छ । त्यस्तै २४ वटा गाविसमा अनुशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको पौड्यालले जानकारी दिईन । त्यसमा छापाहिले, अर्खले, रुपाकोट, आँपचौर लगायतका गाविस परेका छन् । त्यस्तै समितिले मुसिकोटमा अवस्था विश्लेषण र रणनिती पत्र तयार गर्ने र २० जना महिलालाई लेखा पालन तालिम दिने निर्णय गरेको छ ।
त्यस्तै दुई स्थानमा सासु बुहारी विच अन्तरकृया, विशुखर्क, दिब्रुङ, भुर्तुङ र मलागिरीमा नयाँ कार्यक्रम विस्तार गरिने भएको छ । अनुशिक्षण कार्यक्रमलाई २८ हजार रुपैया पर्ने जनाईएको छ । पुरानो कार्यक्रमका लागि २० हजार र शिप विकासका लागि ७२ हजार देखि एक लाख सम्म रकम पर्ने सदस्य सचिव पौड्यालले जानकारी दिईन । बैठकमा विभिन्न सरकारी कार्यालयका प्रमुख, राजनैतिक दलका प्रतिनिधी, महिला प्रतिनिधी अन्य सामाजिक संघ संस्था र पत्रकारहरुको समेत सहभागिता थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग