Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

समानुपातिकमा गुल्मीमा एमाले अगाडी

Published on 4:07:00 AM //

घनश्याम गौतम
गुल्मी, ९ मंसिर– गुल्मीका दुई क्षेत्र जितेको कांग्रेस भन्दा एक क्षेत्र मात्र जितेको नेकपा एमालेले समानुपातिकमा धेरै मत पाएको छ । समानुपातिकमा नेकपा एमालेले नेपाली कांग्रेसले भन्दा ३ हजार ६ सय ७२ मत बढी ल्याएको हो ।
एमालेको ४४ हजार ५ सय ३५ मत छ, भने नेपाली कांग्रेसले ४० हजार ८ सय ६३ मत पाएको छ । समानुपातिका गुल्मीबाट तिनवटै क्षेत्रमा १ सय २२ दल मध्ये ५ पार्टीले मात्र कुनै पनि मत पाएका छैनन् । गुल्मीमा मतदाताले अन्य १ सय १७ दललाई मत दिएका छन् । तेस्रो स्थानमा एमाओवादीले १४ हजार ५ सय ३३ मत प्राप्त गरेको छ, भने ३ हजार ६ सय २९ मत प्राप्त गरेर जनमोर्चा चौथो स्थानमा देखिएको छ । त्यस्तै राप्रपा नेपालले १ हजार ५ सय २१ मत ल्याएको छ, भने राप्रपाले १ हजार ४ सय ४६ मत प्राप्त गरेको छ ।

यस्तो छ गुल्मी क्षेत्र नं. १,२,३ को समानुपातिक तर्फको मत परिणाम:

नेकपा एमाले - ४४५३५
नेपाली कांग्रेस - ४०८६३
एमाओबादी - १४५३३
राष्ट्रिय जनमोर्चा - ३६२९
राप्रपा नेपाल - १५२१
राप्रपा - १४४६

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग