Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यस्तो रह्यो तम्घासका नेवार समुदायको नेपाल संवत (फोटो फिचर)

Published on 2:24:00 AM //

प्रेम सुनार
कार्तिक १८, गुल्मी । लक्ष्मी पुजाको दोश्रो दिन सदा झैँ सदरमुकाम तम्घासका नेवार समुदायले नोपल संवत तथा म्ह पुजा (आत्मा पुजा) भब्यताका साथ मनाएका छन् । नेवा खलः गुल्मीद्वारा आयोजित १ सय ३४ औं नेपाल संवतका अवसरमा उनिहरुले पुरानो वजारस्थित भिमसेन मन्दिरमा आफ्नो धार्मिक विधी अनुसार पुजा अर्चना गरी म्ह पुजा गरेका थिए ।

आज विहान नेवारी संष्कृति झल्कीने भेष–भुषामा सजिएका मगर बन्धु र चेलीहरुले बाजा गाजाका साथ तम्घास वजार परिक्रममा गरी पुनः भिमसेन मन्दिरमा आई औपचारिक कार्यक्रम गरेका थिए । नेवार समुदायका अगुवा समाज सेवी एवं तम्घासका पुर्व प्रधान पञ्च नरप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहयाक प्रमुख जिल्ला अधिकारी विष्णु घर्ति, नेपाली कांग्रेसका उप सभापति भुवनप्रसाद श्रेष्ठ, प्रहरी निरक्षक निशान्त श्रीवास्तव, समाज सेवी नन्दराम भुसाल, नेवा मिस्सा खलकी अध्यक्ष लक्ष्मी श्रेष्ठ, जेष्ठ सदस्य खिम नारायण श्रेष्ठ, आदिवासी जन जाती महासंघका जिल्ला अध्यक्ष झकबहादुर थापा मगर,  सामाज सेवी राजकुमार श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।  कार्यक्रममा नेवा खलःका आन्तरिक श्रोत संकलन तथा परिचान समितिका सयोंजक ओमप्रकास श्रेष्ठले मह पुजा तथा नेपाल संवतका बारेमा प्रकाश पारेका थिए  । उनले नेपाल संवत मनाउनुको मुख्य उद्देश्य मौलिक संष्कृति संरक्षण र अन्य सवै जात जातीसंग भाईचार कायम गर्नु रहेको बताए । ‘नेवार समुदाय कुनै एक जात होईन ’ श्रेष्ठले भने –‘ यो समुदाय हो, यस समुदाय भित्र विभिन्न जाति रहे पनि छुवाछुत , भेदभाव गरिदैन् ।’
‘नेपालमा कुनै संवत थिएन’ श्रेष्ठले भने –‘नेपालको नामकरण संगै काठमाण्डौमा जन्मीएका शंखधर शाख्वाले नेपाल संवतको सुरुवात गर्नु भएको हो । ’ उहाँ दुखी गरिवलाई उपकार गर्ने, उनिहरुको ऋण मिनाह गर्ने समाज सेवी हुनुहुन्थ्यो जसलाई बहुदल पछिको नेपाल सरकाले राष्ट्रिय विभुतिको सम्मान पनि दिएको छ भन्दै श्रेष्ठले नेपाल संवत हटाएर विक्रम संवत राख्ने काम शाह वंशिय राजाहरुले गरेको बताए । भारतको चितौर गढबाट आएका विक्रम दिब्य शाहले नेपाल संवत हटाएर बिक्रम संवत सुरु गरेको र बहुदल पछि मात्र पुनः नेपाल संवत सुरु भएको उनले बताए । नेवारहरुको मौलिक संष्कृति संरक्षणमा तम्घासका नेवार समुदाय पछिल्लो चरण जुट्दै आएका छन् । जिल्लाको रिडी, वलेटक्सार, वामी टक्सारमा र धुर्कोटमा वढि बाहुल्य रहेका नेवार समुदायहरुले आ–आफ्नो स्थानमा आज नेपाल संवत मनाएका छन् ।
तम्घासमा करिव डेढ सय घरधुरी नेवार समुदाय रहेको पत्रकार महासंघका संस्थापक सभापति हरिकुमार श्रेष्ठले बताए । उनका अनुसार तम्घासमा सवै भन्दा पहिला अर्घाखाँचीको अर्घातोषबाट कक्षपति थरका नेवारहरु आएका थिए । उनिहरु पुरानो वजारमा आई आजको विशाल तम्घास वजारको सुरुवात गरेको थिए ।
वखानसिंह श्रेष्ठ, , चौधरी थरका मथुराप्रसाद श्रेष्ठ (भुवन श्रेष्ठका पिता ) टोपप्रसाद श्रेष्ठ, क्रमशः मानबहादुर श्रेष्ठ, ( हरिकुमार श्रेष्ठका पिता ) रिडीबाट धुर्कोट हुँदै तम्घास आएका उत्तरकुमार श्रेष्ठ (अनुप श्रेष्ठका पिता ) चारपालाबाट नरप्रशाद श्रेष्ठ लगाएतले तम्घासमा ब्यापार ब्यवसाय सुरु गरेको श्रेष्ठले बताए । नेवा खलः गुल्मीका अध्यक्ष गोमराज श्रेष्ठको अध्यक्षमा सम्पन्न कार्यक्रममा ओमप्रकाश श्रेष्ठको स्वागत मन्तब्य र सञ्चालन सचिव सुरेन्द्र कक्षपतिले गरेका थिए । कार्यक्रमको समापन पश्चात उनिहरुले उपस्थीत सवै समुदाययलाई परम्परागत नेवारी परिकारहरु खुवाएका थिए ।








भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग