Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा चुनाव ज्यादा, देउसी भैलो कम (फोटो फिचर सहित)

Published on 2:44:00 AM //

प्रेम सुनार
गुल्मीमा तिहारको देउसी भैलो यसपाली चुनावले पुरै ओझेलमा पारे जस्तो महशुस हुन्छ । यहाँ बिगतका बर्षहरुमा भन्दा एकदमै कम मात्रामा देउसी भैलो निक्लीएको छ । विशेषतः देउसी भैलीमा निस्कनु पर्ने यहाँका युवाहरु यसपालीको तिहारमा विभिन्न दलको झण्डा मोटर साईकलमा बोकेर दौडेको देखिन्छन् । विगतका तिहारहरुमा राती १२-१ वजे सम्म पनि देउसी भैली लिएर आउने युवा युवतीहरु यो समाचार तयार पार्ने बेलामा रातको सवा आठ हुन लाग्यो सुनसान छ । कारणः चुनावको बेला एक अर्को समुह विच झडप पनि हुन सक्ने भयले होला एकादुई स्थान बाहेक सुनसान रहेको । तिहारमा जुवा लाग्छ भन्थे तर अहिले जुवा होईन चुनावको नशा लागेको छ सबैलाई । तर तम्घास देखि गौँडाकोट सम्म पुग्दा भने बिचमा केही स्थानिय युवाहरु देउसी भैलोमा देखिए । बुटवलबाट आएको टोलीलाई नेतृत्व गरी रहेका सो संस्थाका अध्यक्ष मेयरसिंह थापा मगरको आग्रह थियो मगरहरुको मौलिक संष्कृति लोप भयो, सवै मगरहरु जुटौं । हेरौँ गौडाकोट देखि तम्घासमा आएको नव क्षितिज युथ क्लबको देउसी भैलोको दृश्य:







भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग