Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

घर घरमा देउसी भैलो खेलेर बेलायतको बर्मिङ्घम शहरमा तिहारको रमझम

Published on 5:58:00 PM //

शंकर भण्डारी
शान्ति नेपाली समाज बेलायतले नेपाली परम्परा र साँस्कृतीको जगेर्ना गर्ने उद्देश्यले तिहारको औँशीको दिन देखि पंचमी को दिन सम्म बर्मिङ्घममा देउसीभैलो कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा समाजका अध्यक्ष लागायत सम्पूर्ण सदस्य तथा स्थानिय कलाकारहरुले पनि सहभागीता जनाएका थिए । कार्यक्रमको सुरुवात वेस्ट ब्रमिच बाट गरेर इस्मेथिक, किंग स्टानिंग, हलल्ग्रीन, डडली रोड, यार्डली हुदै वोल्ब्रानटम सम्म सबै मिलेर आशिष  दिने र रमाइलो गर्ने कार्य भयो ।
यस कार्यक्रममा नेपाली बाजा बजाउने र देउसीभैलो भटाउने, चुटकिला भन्ने तथा गीत गाउँदै नाचगान गर्दै नेपाली दाजुभाइहरुको घर दैलोमा पुग्दा घरका आमा-बुवा, दाजुभाइ, दिदीबहिनी लगाएतले गाउँ घरकै देउसी जस्तो रमाइलो लागेको बताएका थिए ।
कार्यक्रमलाई समापन गर्दै अन्त्यमा समाजका अध्यक्ष श्री काशिनाथ शर्माले आगामी दिनहरुमा पनि यसैगरि सबै मिलेर अझै प्रभावकारी तरिकाले देउसीभैलो आयोजना गर्ने पनि बताउनुभएको थियो ।




भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग