Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चुनाव प्रचार गर्न गुल्मी पुगेका बाबुराम भट्टराई भने "क्रान्तिकारी पाल्ने गुल्मीलाई बिकासमा सहयोग गर्छु"

Published on 10:45:00 PM //

गुल्मी, २८ कार्तिक । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले यसपटक पनि संविधान नबनेमा देशमा फेरी अशान्ति हुने बताउनुभएको छ । संविधान सभामार्फत देशमा दलित जनजाती महिला र पछाडी परेका बर्गको अधिकार सुनिश्चितताका लागि दशौँ हजारले बलिदानी दिएकोले संविधान नबनेमा फेरी देश पुरानै अबस्थामा फर्कने ठोकुवा गर्नुभयो ।
जिल्लाको विकट गाविस दर्लिङ्गमा भएको एकीकृत नेकपा माओवादी गुल्मी क्षेत्र नं ३ को चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काँग्रेस एमालेले अघिल्लो संविधानसभामा जनपक्षिय संविधान बनाउन नदिएकोले दोश्रो संविधान सभा चुनाव हुन लागेको र यसबाट पनि संविधान नवनेमा अव फेरी तेश्रो पटक संविधान सभा चुनाव हुन नसक्ने बताउनुभयो । ‘जनयुद्धमा संविधान सभा लोकतन्त्रको नेतृत्व एकीकृत नेकपा माओवादीले गरेको हो तर काँग्रेस एमालेले त्यो माग गर्दा टाउकोको मूल्य तोक्ने सम्म हर्कत गरेकोले उनीहरु संविधानसभाका विरोधी हुन् ।’ – उहाँले भन्नुभयो – ‘त्यसैले अव दोश्रो संविधानसभाबाट संविधान बनेन भने फेरी तेश्रो संविधानसभा हुँदैन पछाडि फर्कन्छ, देशमा हिँसा हुन्छ ।’
उहाँले काँग्रेस एमालेले जीते भने २०४७ को संविधान व्यूँताउन चाहेकोले नयाँ संविधान बनाउन नदिने र गणतन्त्र र धर्म निरपेक्षाताको रक्षा तथा दलित, महिला, जनजाती, उपेक्षित बर्गको लगायतको हितको रक्षा नहुने भएकोले त्यसका पक्षधरले फेरी असान्ती फैलाउने बताउनुभयो । उहाँले भन्नुभयो – ‘त्यसैले जसले जनताका लागि क्रान्ति गर्यो उसैले मात्र संविधान बनाउँछ ।’
आफू जनयुद्धकालमा गुल्मी क्षेत्र नं ३ र दर्लिङ्ग, ह्वाङ्गदी, अर्खाबाङ्ग क्षेत्रमा हिँडेको मदानेको जंगलमा झरीले रुझेको स्मरण गर्दै क्रान्तिकारीलाई पाल्ने गुल्मीको विकासका लागि भरपुर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । रुरु रेसुङ्गाको विकासका लागि आफ्नो प्रधानमन्त्रीकालमा पनि सहयोग गरेको र अव पनि गुल्मीलाई सहयोग गर्ने बतउनुभयो । गुल्मी क्षेत्र नं ३ मा कृषि क्याम्पस र १ सय सैयाको अस्पताल निर्माण तथा तम्घासबाट ढोरपाटन मार्गसम्म तीनवटा रीङ्ग रोड बनाउने, गुल्मीमै विद्युत उत्पादन गरी जिल्लाका सबै घर उज्यालो पारेर विद्युत विक्री गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो ।
उहाँले यसपालीको चुनावमा पनि माअ‍ोवादीको बहुमतको सरकार बन्ने भन्दै माओवादीको सरकार बनेपछि १५ वर्षभित्र बेरोजगारी हटाउने बताउनुभयो । उहाँले यसपालीको चुनावमा माअ‍ेावादीको बहुमत आउने निश्चित भएकोले पेन्सन कार्यक्रम सञ्चालन गरेर ६५ वर्ष काटेका सबैले पेन्सन दिने, ६५ वर्ष उमेरका सबैलाई २ हजार भत्ता र गरीवहरुलाई निःशुल्क शिक्षा दिने लागयतका महत्वपूर्ण कार्यक्रम गर्ने बताउनुभयो ।
कार्यक्रममा सो पार्टिका केन्द्रिय सदस्य एवं मगरात राज्य समिति संयोजक गिरीधरीलाल न्यौपाने, गुल्मी क्षेत्र नं ३ का उम्मेदवार बामदेव क्षेत्री, केन्द्रिय सदस्य दिनेश पन्थी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । मगरात राज्य समिति सदस्य निम बहादुर पाण्डेको स्वागतबाट शुरु भएको कार्यक्रम राज्य समिति सदस्य ज्ञान कुमार बुढाको अध्यक्षता र तीन नम्बर क्षेत्रीय संयोजक बुद्धि जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग