Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तीन महिना वितिसक्दा पनि पासपोर्ट आएनन्

Published on 10:30:00 PM //

जनार्दन घिमिरे
गुल्मी, २७ कार्तिक । फाराम भरेर पठाएको तीन महिना कटिसक्दा पनि गुल्मीमा जनताहरुले एमआरपी पाउन सकेका छैनन् । जिल्ला प्रशासन कार्यालयवाट फारम भरेको ४५ देखि ६० दिन भित्रमा एमआरपी उपलव्ध हुने प्रावधान भएपनि गुल्मीमा ९७ दिन वित्दासम्म एमआरपी उपलव्ध हुन नसक्दा जनताहरु ठूलो मर्कामा परेका छन् ।
न्यूतम १५ दिनभित्रमा कार्यालयमा भरेका फारामहरुलाई परराष्ट्र मन्त्रालयमा नियमित पठाउने गरेको भन्दै सहायक प्रमुख जिल्ला अधिकारी विष्णु घर्तिले गत साउन २२ गतेदेखि जिल्लामा एमआरपी उपलव्ध नभएको जानकारी दिनु भएको छ । न्यूनतम दुई महिना भित्रमा पासपोर्ट आउला र भिसा लगाउन जाउँला भनेर वसेका अधिकांस व्यक्तिहरु समयमै पासपोर्ट नआउँदा आफुहरु ठूलो समस्यामा परेको गुनासो गर्न थालेका छन् ।
सात सय भन्दा वढी व्यक्तिहरु यतिवेला पासपोर्टको पर्खाईमा रहेको वताईएको छ । कार्यालयमा पासपोर्ट आयो कि नाई, सर कहिले आउँछ भनेर दिनहुँ सयौं फोनहरु आउने गरेको पासपोर्ट शाखाका प्रमुख भुवन वस्नेतले वताउनु भयो । जिल्ला प्रशासन कार्यालयकानुसार निर्वाचन सम्पन्न भए लगत्तै पासपोर्ट आउने जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग