Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा निर्वाचनमा खटिने कर्मचारीहरुको नामावली सार्वजनिक

Published on 10:26:00 PM //

जनार्दन घिमिरे
गुल्मी, २७ कात्तिक । निर्वाचन अधिकृतको कार्यालयले आज जिल्लाका तीनै क्षेत्रमा निर्वाचनमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा अन्य कर्मचारीको नामावली सार्वजनिक गरेको छ ।
खै-खै, म कँहा परेँ ? निर्वाचन अधिकृतको कार्यालय गुल्मीले मतदान केन्द्रमा
खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत लगायत अन्य कर्मचारीको
नामावली सार्वजनिक गरेपछि आफ्नो नाम र मतदान केन्द्रको नामावली
खोज्दै कर्मचारीहरु । तस्विर ः जनार्दन घिमिरे 
मतदान केन्द्र रोज्नकालागि राजनैतिक दल तथा कर्मचारीहरुले दवाव सृजना नगरुन भन्ने उद्देश्यले कार्यालयले गोप्य रुपमा मतदान केन्द्रहरु खटाउने कर्मचारीहरुको नामावली अन्तिम समयमा मात्र सार्वजनिक गरेको थियो । तीन वटा निर्वाचन क्षेत्रमा खटाईएका कर्मचारीहरुमा क्षेत्र नं १ मा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगी गरि ३ सय ६९ जना रहेका छन् । त्यसैगरि क्षेत्र नम्वर २ मा ५ सय ४७ र क्षेत्र नम्वर ३ मा ४ सय ८६ गरि कुल १४ सय दुई जना रहेका छन् ।
अपांग र महिला वाहेक कार्यालयले शिक्षकहरुको हकमा उनीहरुको क्षेत्र फरकपारि मतदान केन्द्रमा खटाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले वताएको छ । कतिपय मतदान अधिकृतहरुले भने हचुवाको भरमा पूर्ण रुपमा गृहकार्य नगरिकनै आफुहरुलाई कार्यालयले मतदान केन्द्रहरुमा खटाएको गुनासो गरेका छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग