Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कृष ३ ले तेड्यो चेन्नाई एक्सप्रेशको रेकर्ड

Published on 4:45:00 AM //

मुम्बई/एजेन्सी– ऋतिक रोशनको सुपरहिट फिल्म ‘कृष –३’ले बक्स अफिसमा नया इतिहास बनाएको छ । फिल्म ब्यापार विशेषज्ञका अनुसार कृष–३ ले नया रेकर्ड बनाएको छ । फिल्मले एक दिनमा सबैभन्दा धेरै कमाई गर्ने रेकर्ड समेत तोडेको छ । कोमल नाहटा र तरण जस्ता फिल्म ब्यापार विशेषज्ञका अनुसार कृष–३ ले सोमवार अर्थात रिलिजको चौथो दिन मात्र ३५.९१ करोड भारतीय रुपैया कमाई गरेको छ ।
यो कमाई हिन्दी फिल्मले अहिलेसम्म एक दिनमा कमाई गरेको मध्ये सबैभन्दा धेरै रकम हो । यस अघि यही वर्ष प्रदर्शन भएको शाहरुख खानको चेन्नई एक्सप्रेशले राम्रो ब्यापार गरेको थियो । सो फिल्मले रिलिज भएकै दिन करिब ३३ करोड रुपैया कमाई गरेको थियो । चेन्नई एक्सप्रेश भन्दा अघि सलमान खानको एक था टाईगरले पहिलो दिन ३२.५ करोड रुपैया कमाई गरेको थियो । फिल्म समिक्षक तरण आदर्शले ट्वीट गर्दै भनेका छन् ‘कृष –३ ले प्रदर्शनको पाँचौ दिनसम्म बलिउड बक्स अफिसमा एकसय ३० करोड ५० लाख भारतीय रुपैयाँको व्यापार गरेको छ ।
त्यसो त कोमल नाहटाले पनि तरणको भनाईलाई पुष्टि गरेका छन् । दिपावलीको दुई दिन अघि प्रदर्शन भएको कृष–३ को विषयमा दर्शकले समेत फिल्म राम्रो भएको प्रतिक्रिया दिएका छन् । यही गतीमा फिल्मको ब्यापार भईरहेमा कृष–३ लाई चेन्नई एक्सप्रेशको रेकर्ड तोड्न समस्या हुने छैन । चेन्नई एक्सप्रेशले कुल २सय २६ करोड रुपैयाको कारोबार गरेको थियो । क्रिसले गरेको व्यबसायिक सफलताका कारण यो फिल्मका कलाकार एवँ प्राविधिकहरु समेत अहिले दँग छन् । यो फिल्मका निर्देशक राकेश रोशनले त आफ्नो फिल्मले विश्वव्यापी रुपमा एक हजार करोड रुपैयाँको व्यापार गर्ने बताएका छन् ।
आफुले अहिलेसम्म खेलेको फिल्म मध्य सर्वाधिक व्यापार गर्न सफल फिल्मको रुपमा अभिनेता विवेक ओवरायले क्रिस–३लाई लिएका छन् । यो फिल्ममा उनले खल चरित्रको भूमिका निर्वाह गरेको छन् । क्रिस–३मा ऋतिक रोशनले तेहेरो भूमिका निर्वाह गरेका छन् । यो फिल्ममा ऋतिकसँग प्रियँका चोपडा, कँगना रनावत लगायतको मुख्य भूमिका रहेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग