Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कम्युनिष्टको हातमा सत्ता गए संविधान बन्दैन: भट्टराई

Published on 4:43:00 AM //

पर्वत, कार्तिक २१ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य मनमोहन भट्टराईले नेपाली काँग्रेसले बाहेक अन्य दलले संबिधान लेख्न नसक्ने दाबी गरेका छन् ।

नेपाली काँग्रेस पर्वत क्षेत्र नम्बर २ ले लुँखुमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै भट्टराईले देशको शासन सत्ता फेरि पनी कम्युनिष्टको हातमा गयो भने बिगतमा जस्तै संबिधान नबन्ने ठोकुवा गर्दै अबको निर्वाचनमा काँग्रेसले बहुमत ल्याउनु आबश्यक रहेको बताए ।

कार्यक्रममा पर्वत क्षेत्र नम्वर–२ का उमेदवार नवराज गुरुङले लोकतान्त्रिक संबिधान लेख्ने एकमात्र पार्टी नेपाली काँग्रेस भएको भन्दै आफुलाई अमुल्य मत दिएर बिजयी बनाउन आग्रह गरेका थिए ।

कार्यक्रममा महासमिती सदस्य खगेन्द्र तिवारी, डा.यज्ञ अधिकारी, गंगाराज शर्मा, नेपाली काँग्रेसका जिल्ला पार्टि सचिव खिमप्रसाद भुसाल, समानुपातिक उमेदवार ललितकला गुरुङ र गिरीराज गौतम, नेपाली काँग्रेसका युवा नेता तथा जिबिसका पुर्व सभापती राम शर्मा पौडेल, नेपाली काँग्रेस जिल्ला कार्यसमिती सदस्य मोहन गुरुङ लगायतले बोलेका थिए ।

नेपाली काँग्रेस लुँखु गाउँ कार्यसमिती सभापती डिल्लीराम पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग