Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कतारबासी गुल्मेलीहरुले ल्याए “गुल्मी सौगात”, देउसी भैलो पनि सम्पन्न

Published on 1:59:00 PM //

कुमार "अविरल" पन्थी
कतार, कार्तिक २४ । हिन्दुहरुको दोश्रो महान चाड शुभ दिपावलीको पावन अवसरमा गुल्मी सेवा समाज दोहा-कतारले हरेक वर्ष जस्तै यस पनि शुक्रवारका दिन दोहा होमल्याण्ड रेस्टुरेन्टको सभाहलमा देउसी भैलो कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । सँस्थाका अध्यक्ष भरत सापकोटाको सभापतित्व रहेको उक्त कार्यक्रममा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष श्री टि.वी. कार्की प्रमुख अतिथि रहनु भएको थियो ।
साथै गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मक्सुद आलम, समाजसेवी तथा बुद्धिजिबी कमल मणि गुरागाँई, नेपाल लोकत्रान्त्रिक मंच कतारका अध्यक्ष दिल किरण खजुम लिम्बु, यसै गरि बिमल सुबेदी, टुकनाथ शर्मा, नेपाल प्रवासी जनजाती महासंघ कतारका अध्यक्ष बिनेस तामाङ, नेपाली जन प्रगतिसिल मंच कतारका निवर्तमान उपाध्यक्ष रकम ध्वज राइ, बिसेष अतिथि रहनु भएको थियो । साथै राजधानी अन्तराष्ट्रिय साप्ताहिकका पत्रकार प्रेम लामा, कान्तिपुर प्रवास साप्ताहिकका पत्रकार चर्चित ढुंगेल त्यसैगरी अतिथिहरुमा लोक बहादुर तामाङ, युवराज पाण्डे, दिलबहादुर बि.क., महेन्द्र प्रसाद पोख्रेल, श्री राम पौडेल, असोक सिम्लांग तामाङ रहनु भएको उक्त कार्यक्रममा कतारबासि गुल्मेलीहरु एवम अन्य नेपाली दाजु भाइ तथा दिदि बहिनिहरुको उपस्थिति रहेको थियो। आफ्नो अमुल्य समय खर्चेर आउनु भएका देउसी भैलो प्रेमी नेपालीहरुले सो रेस्टुरेन्टको सभा हल खचाखच भरिएको थियो l कार्यक्रमलाई स्वागत गर्दै सस्थाका प्रमुख सल्लाहकार दोर्ण बहादुर बस्नेतले स्वागत मन्तव्य राख्नु भएको थियो | त्यसैगरी कलाकार द्वय डोलराज परीयार, अविरल अजित ले स्वागत गित प्रस्तुत गर्नु भएको थियो |
सोहि अवसरमा गुल्मी सेवा समाज दोहा कतारले प्रकाशन गरेको पहिलो स्मारिका “गुल्मी सौगात” को विमोचन गरिएको छ | गुल्मी जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय स्थल, मठ मन्दिर, लगायत गुल्मी जिल्ला झल्किने सामग्रीहरु उक्त स्मारिकामा समावेस गरिएको छ | साथै सोहि स्मारिकामा गुल्मी सेवा समाज दोहा कतारले बिगत एक दशक देखि अहिलेसम्म दोहामा र जिल्लामा के कस्ता कामहरु गर्यो, र वर्तमान आवस्थामा सस्थाले जिल्लामा के कस्ता कामहरु गर्दै आएको छ, यस्तै यस्तै गतिबिधिहरु समेटिएको छ | कार्यक्रमको मुख्य आकर्षण रहेको देउसी भैलो कार्यक्रम कलाकारहरु डोल राज परीयार, अविरल अजित, रोसन गैरे, मित्र बी.एस.,केशब कंडेल, चेतन राना, दिल बहादुर जि.सी. राम जि.सी. विकास पराजुली, लगायतको प्रस्तुत रहेको उक्त देउसी भैलो कार्यक्रम गुल्मेली तथा गैर गुल्मेलीहरुले कलाकारहरुलाई साथ दिदै नाचगान गरि रमाइलो गर्नु भएको थियो | साथै सो अवसरमा चर्चित लोक गायिका इन्दिरा शाहले एकल गीत गाएर त्यहाँ उपस्थित सम्पूर्ण लाई मनोरन्जन प्रदान गर्नु भएको थियो | साथै कार्यक्रमका प्रमुख अतिथि टि.वी. कार्की त्यसै गरी मक्सुद आलम, दिल किरण खजुम लिम्बु, रकम ध्वज राइ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो भने आफ्नो शुभकाना मन्तव्य संगै सस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति भरत सापकोटाले कार्यक्रमकको समापन गर्नु भएको उक्त कार्यक्रमको संचालन संस्थाका सचिव कुमार “अविरल” पन्थीले गर्नु भएको थियो |







भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग