Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

उम्मेदवारहरु घरदैलोमै व्यस्त, जनता भन्छन् विकास चाहियो

Published on 4:39:00 AM //

जनार्दन घिमिरे
गुल्मी, १६ कात्तिक । संविधान सभाको निर्वाचन नजिकिँदै जाँदा गुल्मी जिल्लाको चुनावी प्रचारप्रशार गतिविधिहरुमा निकै तिव्रता आएको छ । राजनैतिक पार्टि र तिनका उम्मेदवारहरु आफ्नो पक्षमा जनमत वटुल्नका लागि मतदाताहरुको घरदैलोमा केन्द्रित वनेका छन् ।
जिल्लामा एकिकृत नेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एमाले चुनावी प्रशारप्रशारलाई चुनावी सभा र घरदैलो अभियानमा केन्द्रित गरेपछि मतदाताहरुमा समेत उत्साहित वनेका छन् । लामो समयपछि नेताहरु आफ्नो घरदैलोमा आउँदै मत माग्दै गर्न थालेपछि उनीहरु उत्साहीत वन्न थालेका हुन् । जिल्लामा एकिकृत नेकपा माओवादीले चुनावलाई मुख्यगरि जनताको घरदैलोमा केन्द्रित गरेको छ । उसले मतदाताहरुसँग संविधान निर्माण गर्नेदेखि जिल्लाको विकास निर्माणलाई प्रमुख प्राथमिकता दिने वताएको छ । “संविधान निर्माणका अतिरिक्त कृषि र पर्यटनलाई सँगै अगाडि वढाएर लैजानुका साथै युवाहरुलाई स्वदेशमै कृषि क्रान्तिमा लाग्ने वातावरण वनाउँछौँ ।” एकिकृत नेकपा माओवादी क्षेत्र नं २ का उम्मेदवार अशोक थापाले भने ।
नेपाली काँग्रसले पनि चुनावी अभियानलाई विषेशगरि चुनावी सभा र घरदैलोमैकेन्द्रित गरेको छ । “आगामि वन्ने संविधानमा शिक्षा, स्वास्थ्य, रोजगार जस्ता जनताको मौलीक अधिकारलाई संविधानमा ग्यारेण्टी गरि जनतालाई विकासको प्रत्यक्ष अनुभूति गराउँने छु, यदि त्यसो गरिन भने अर्कोपटक म चुनावमा तपाईहरुसँग भोट माग्न आउँदिन,” । गुल्मी क्षेत्र नम्वर २ का नेपाली काँग्रेसका उम्मेदवार चन्द्र भण्डारीले भने ।
यसैगरि नेकपा एमालेको चुनावी अभियान शैली पनि उस्तै रहेको छ । यो पटक एमालेले पनि चुनावलाई चुनावी सभार घरदैलो अभियानलाई प्राथमिकता दिँदै आएको छ । “विकास निर्माणमा जनताको चासो अत्यधिक वढेको छ, म निर्वाचित वनेपछि एक हातले संविधान निर्माण र अर्को हातमा विकास, यी दुईलाई सँगसँगै लैजाने छु,” । मतदाताहरुसँग आफ्नो प्रतिवद्धता व्यक्त गर्दै गुल्मी क्षेत्र नम्वर २ का उम्मेदवार प्रदीप ज्ञवालीले भने । जिल्लामा यसपटक तीनै पार्टिहरु विच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । जनताहरु यसपटक दल भन्दापनि विकास निर्माण गर्ने खालको उम्मेदवारको खोजीमा रहेको वताउँछन् ।
भोट मलाई: संविधान सभाको निर्वाचनमा जनताको घरदैलोमा पुगेर मत माग्दै नेकपा एमालेका उम्मेदवार प्रदीप ज्ञवाली ।
तस्विर: जनार्दन घिमिरे
२०४८ सालको निर्वाचनमा यस क्षेत्रमा विजयी भएको कांग्रेस यस पटक आफ्नो पूरानो ईतिहास दोहो¥याउने दाउमा छ । यस अघि यस क्षेत्रमा तीन पटकसम्म जित हासिल गरेको नेकपा एमाले पनि आफ्नो ईतिहासलाई फेरी पनि दोहो¥याउने दाउमा देखिन्छ । यस निर्वाचन क्षेत्रवाट यस अघिको निर्वाचनमा पराजित वनेको एमाओबादीे पनि आफूलाई यस पटक जुझारु संगठनको नाताले नयाँ ईतिहास निर्माण गर्ने रणनीतिमा देखिन्छ । तर निर्वाचनमा दलहरुले गरेका आआफ्ना दावीहरु भने त्यत्ति सोँचेजस्तो छैन ।  

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग