Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एमाओवादीको कार्यक्रममा गोली चल्यो

Published on 3:43:00 PM //

राम सुवेदी
बुर्तिबाङ, मंसिर १ । बागलुङको बुर्तिबाङ गाउँ विकास समिति वडा नं. ५ को बाघखोरमा एकीकृत नेकपा माओवादीले आयोजना गरेको सभामा आज दिउँसो नचिनिएको समुहले गोली चलाएको एकीकृत नेकपा माआवोदीले जनाएको छ ।
कार्यक्रमस्थलमा एकीकृत नेकपा माओवादीका तर्फबाट क्षेत्र नं. ३ का प्रत्यक्ष उमेदवार तुल्सी राम अर्यालले सम्बोधन गर्दै रहेको अवस्थामा गोली चलेको उमेद्वार अर्यालले बताउनुभएको छ । अर्यालका अनुसार ४-५ जना युवाको समुहले एक्कासी सभालाई लक्षित गरि गोली चलाएको र दुई राउण्ड गोली सभा नजिकैको चिलाउनेको रुखमा लागेको बताउनुभएको छ । यसरी गोली चलाउने आफै डराएर फाइर गरेका कारण कुनै दुर्घटना हुन नसकेको उहाँको भनाई छ । आफ्नो सुरक्षार्थ खटिएको सेक्युरिटिले गोलि चलाउने अवस्था सिर्जना भएको तर सुरक्षा सेक्युरिटिको हतियार नपड्किएको बताइएको छ । उक्त स्थानमा प्रहरी प्रशासन सहितको टोलीले अनुसन्धान जारिराखेको ईलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग