Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नारायणहिटीको राजा गएपनि गाउँका सामन्त राजा बाकीँ ः क्षेत्री

Published on 4:29:00 AM //

भरत पाण्डेय
गुल्मी, २१ कार्तिक । एकीकृत नेकपा माओवादीका केन्द्रिय सदस्य तथा गुल्मी क्षेत्र नं ३ का उम्मेदवार बामदेव क्षेत्रीले गाउँ गाउँमा साना राजाका प्रतिका रुपमा सामनतहरु बाँकी रहेकोले जनताले दुःख पाईरहेको बताउनुभएको छ । माओवादीको १० वर्षे जनयुद्द र १९ दिने जनआन्दोलनको बलमा नारायणहिटीको राजा हटेपनि गाउँमा राजाहरु बाँकी रहेकोले गरीवले दुःख पाईरहेको बताउनुभयो । गुल्मीको हाडहाडेमा भएको चुनावी सभामा बोल्दै उहाँले जनताको संविधान नबनेसम्म यी राजारजौटाहरुले दुःख दिन नछाड्नेभएकोले नयाँ संविधान बनाउने शक्ति चिनेर जीताउन अनुरोध गर्नुभएको छ । देशमा गणतन्त्र, संविधान, दलित जनजाती तथा गरीवका अधिकारका लागि आफूहरुले टाउकोको मोल तोकिँदा पनि लडेकोले नयाँ संविधान आफूले मात्रै बनाउने दावी गर्नुभयो । जनआन्दोलनको बेला आफ्नो टाउकोको मूल्य ३० लाख तोकीएको संझँदै उहाँले आफूले जसरी पनि जनतालाई गणतन्त्र र अधिकार सहितको नयाँ संविधान दिनका लागि युद्ध लडेको बताउनुभयो ।
कार्यक्रममा एकीकृत नेकपा माओवादीका केन्द्रिय सदस्य दिनेश पन्थीले देशमा जनताको अधिकार सहितको स्थायी संविधान नभएकोले जनता लामोसमयदेखि अन्यौलमा रहेकोले आफूहरु त्यही संविधानका लागि चुनाव लडेको बताउनुभयो । एकीकृत नेकपा माओवादी मगरात राज्य समिति सदस्य निम बहादुर पाण्डेले संविधान बनेपछि जनताका अधिकार स्थापित हुने र विकास निर्माण, रोजगारी लागयतका जनताका समस्या समाधान हुने बताउनुभयो ।
एकीकृत नेकपा माओवादी तीन नम्बर क्षेत्रीय निर्वाचन परीचालन समितिका संयोजक बुद्धि जिसीले अहिले संविधान बनाउन नचाहनेले गाउँमा पुगेर जनतासंग झुटा आश्वासन बाँड्ने गरेकोले झुटा आस्वासन बाँड्नेले संविधान बनाउन नचाहेको बताउनुभयो । जिसीले माओवादी पार्टिले सरकार चलाउन थालेपछि मात्रै गरीव, दलित, महिला र उपेक्षित उत्पिडीत बर्गले राहतको महसुस गर्न पाएकोले अव उनीहरुको मुक्ति सहितको संधिवान बनाउन एकीकृत नेकपा माओवादीले २ तिहाई बहुमत आवस्ययक रहेको बताउनुभयो ।
कार्यक्रममा एकीकृत नेकपा माओवादी मगरात राज्य समिति सदस्य भुपाल पोखरेल, जिल्ला सदस्य टिकाराम पोखरेल, महेन्द्र विसी, गुल्मी काठमाण्डौ जन सम्पर्क मञ्चका ईन्चार्ज विमल खनाल, मञ्चका सचिव ज्ञानेन्द्र अधिकारी, वाईसिएल नेता अर्जुन रसाईलि, विद्यार्थी नेताहरु नरेश अर्याल, रामु भण्डारी, विपिन भण्डारी, लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा कलाकारहरु ज्ञानेन्द्र अधिकारी, तारा लामिछाने, माधव जोन खत्री, दिनेश विसी लगायतले गीत संगीतले मनोराञ्जना दिनुभएको थियो । कार्यक्रम पार्टि अध्यक्ष रोशन खवासको अध्यक्षता र गुल्मी काठमाण्डौ सम्पर्क मञ्च जिल्ला ईन्चार्ज गणेश कुँवरको सञ्चालनमा सम्पन्न भएको त्यहाँबाट पत्रकार गोपाल मरासिनीले जानकारी दिनुभएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग