Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीबाट पहिलो पटक दलित र जनजाती चेली संसदमा

Published on 4:42:00 AM //

प्रेम सुनार
गुल्मी, १३ पुस । मुलुकका दुई राजनैतिक दलले सार्वजानिक गरेको समानुपातिक सुची अनुसार गुल्मीबाट पहिलो पटक दलित र जनजाती चेली संसदमा पुग्ने भएका छन् । जिल्ला बाहिर माईती घर हुने महिला बाहेक जिल्ला मै जन्मेका कमला बिश्वकर्मा संसदमा पुग्ने पहिलो दलित महिला र दिलशोभा पुन पहिलो जनजाती महिला हुने भएकी छन् ।

बिश्वकर्मालाई नेकपा मालेले र पुनलाई नेकपा एमालेले समानुपातिक सभाषदको सुचीमा चयन गरेपछि यस्तो अवसर उनिहरुले पाउने भएका हुन् । जिल्ला बाहिर घर भई गुल्ममा विवाहित महिलाका रुपमा भने अन्तिरिम बिद्यायीकका रुपमा एकिकृत नेकपा माओवादीबाट संसदमा पुग्ने जिल्लाकै पहिलो महिला उमा बिश्वकर्मा हुन् । २०६४ सालका चुनावमा जिल्ला बाहिर माईती घर भई पौदीअमराईको अरेवामा विवहा भएकी प्रचण्ड पुत्री रेणु दाहल समानुपातिकबाट संसदमा पुग्ने दोश्री गुल्मेली महिला हुन् ।

संसदमा पुग्ने पहिलो गुल्मेली महिला उमा पाल्पा माईती घर भई गुल्मीको सिर्सेनी निवासी एमाओवादी राज्य समिति सदस्य बेगमबहादु चन्दसंग अन्तरजातिय विवाह गरेर आएकी हुन् । उनि जनयुद्ध कालदेखि नै लडाकु र हाल मगराँत राज्य समिति सदस्य हुन् । संसदमा पुग्ने पहिलो गुल्मेली दलित चेली कमलाको घर गुल्मीको हर्दिनेटा २ धरमपानीमा पर्दछ ।

पिता मित्रलाल ( बाबुलाल ) बिश्वकर्मा र माता राधिकाको कोखबाट जन्मीएकी बिश्वकर्मा अविवाहित हुन् । उनि लामो समय देखि केन्द्रियतहमा दलित अधिकारकर्मी, पत्रकारिता र मानवअधिकारको क्षेत्रमा क्रियाशिल छन् । दलित महिला संघ रुपन्देहीको संस्थापक अध्यक्ष रहेकी कमला दलित महिला संघकी केन्द्रिय कोषाध्यक्ष, जागरण मिडिया सेन्टरकी उपाध्यक्ष, मानव अधिकार सञ्चार प्रतिष्ठानकी उपाध्यक्ष, स्थायी शान्ति समिती ललितपुरकी सदस्य लगायत उनि दर्जनौ गैह्र सरकारी संस्थामा आवद्ध छन् ।

२०४८ देखि नेकपा मालेमा आवद्ध उनि सो पार्टीको भगेनी संगठन प्रगतिशिल महिला संघ, दलित संगठनकी केन्द्रिय सदस्य र जातिय मामिला हेर्ने विभागको जिम्मेवारी पाएकी छन् । स्नातक उतिर्ण विश्वकर्मा जागरण मिडिया सेन्टरको हाम्रो आवाव पत्रिकाको सह सम्पादक समेत रहेकी छन् । काठमाण्डौंमा बसे पनि पछिल्लो चरण गृह जिल्लाको समाज सेवामा लागेकी बिश्वकर्मा गुल्मीबाट संसदमा पुग्ने पहिलो दलित चेली हुने अवसर पाएकोमा आफ्नो भाग्य र संघर्ष दुबै हो भन्छिन् ।

त्यस्तै संसदमा पुग्ने पहिलो जनजाती महिला दिलशोभा पुनको जन्म घर गुल्मीको दिबङ्ग ३ दहगाउँमा पर्दछ भने विवाहित घर गुल्मी कै नयाँगाउँ ९ मा पर्दछ । उनि नेकपा एमाले गुल्मीका पुर्व जिल्ला अध्यक्ष बमबहादु खड्काकी धर्म पत्नी हुन् । तत्कालित नेकपा माले गुल्मी अर्घाखाँची संयुक्त कमिटी रहँदा हालका एमाले नेता विष्णु पौड्या र प्रदिपकुमार ज्ञवालीले यि जोडीहरुको जनवादी विवाह गराई दिएका थिए ।

पार्टीमा यि दुबैको संघर्षशिल यात्राको यहिले पनि तारिफ गरिन्छ र दिलशोभालाई यस बेला पार्टीले गरेको मुल्याङ्गनले नेता खड्काले पनि केहि हद सम्म भए पनि चित्त बुझाउनु परेको छ । एक समय सो पार्टीकी चर्चित कलाकार , मानव अधिकारवादी र हाल सम्म पार्टीको सशक्त कार्यकर्ताका रुपमा परिचीत दिलशोभाको जन्म जन्म २०२४ साल यसै पुस महिनाको २० गते भएको थियो । पिता वलबहादुर पुन र माता वागमतिको कोखबाट जन्मीकी दिलशोभा २०३६ सालको जनमत संग्रहको विद्यार्थी आन्दोलनमा तत्कालिन शारदा निमावि दिब्रुङ्गमा कक्षा ६ मा पढ्दा देखि नै तत्कालिन नेकपा मालेमा लागेकी थिईन् ।

शारदा माविको स्ववियु सभापतिबाट नेतृत्वदायी भुमिका पाएकी दिलशोभा कक्षा ८ मा पढ्दा अनेरास्ववियुको जिल्ला सदस्य बनेकी थिईन् । पछि कोषाध्यक्ष हुँदै अनेम संघको जिल्ला सचिव बनेकी दिलशोभा पार्टीको जिल्ला सदस्य र हाल लुम्विनी अञ्चल समन्व्य समितिकी सदस्य हुन् । २०३६ देखि अनवरत संगठनमा खटेकी उनि २०४६ पछि प्रगतिशिल गायिकाका रुपमा चर्चामा थिईन् । कला गालकी धनी दिलशोभा आईछन् रे भनेपछि विपक्षीहरु समेत माले÷एमालेको आमसभामा आउने गर्दथे ।

२०५१ देखि मानव अधिकारवादी संस्था ईन्सेक गुल्मी जिल्ला प्रतिनिधी रहेकी उनि २०६४ सालको चुनावमा समानुपातिक उमेदवारको सिफारिसमा परेपछि ईन्सेक प्रतिनिधीको जागिर छाड्नु परेको थियो भने समानुपातिकमा पर्ने पक्का भयो भन्ने बेलामा निरास हुनु परेको थियो । ‘ उता ईन्सेकको जागिरबाट पनि हात धुनु परेको थियो र उता जिल्लामा पार्टीलाई पहिलो पार्टी बनाउने गरी खट्दा समानुपातिकमा परिने पक्का जस्तै ठानेको बेला अन्तिममा आएर परेन ’–् उनले भनिन् –‘यति लामो समय खटेकी मान्छेको पार्टीले मुल्याङ्गन गरेन भन्ने लागेको थियो तर यसपाली समानुपातिकमा पारेको सुन्दा बल्ल पार्टीले मुल्याङ्गन ग¥यो भन्ने लागेको छ ।’

उनले यो बेलामा संघर्षका ति दिनहरु जुन बेला पुलिस संग लुक्दै भाग्दै, कहिले खाँदै कहिले भोकै हिडेको र रात दिन आँधीहरु नभनी खटेका क्षणहरु स्मण गर्न मन लागेको बताईन् । दिलशोभा झैं अर्की संघर्षशिल महिला जसले बाल्यकालदेखि जनयुद्धमा भिडेर आजको गणतन्त्र र यो समावेश ल्याउनमा ज्यु–ज्यानको वाजी लगाएको थियो , उनि अर्थात एकिकृत नेकपा माओवादीकी सिर्जना तरामु पनि गुल्मीबाट समानुपातिकमा पर्ने आश धेरैले गरेका छन् ।

उता राजनितिमा लागेर जिल्लामा पहिलो पटक सवै भन्दा पहिला माथील्लो तहमा पुगेकी महिला जो जिल्ला विकास समितिको उपसभापति बनेकी थिईन् उनै नेपाली कांग्रेस नेतृ सुवर्ण ज्वारचन (कान्छि) दिदी पनि सो पार्टीबाट समानुपातिकमा परुन् भन्ने कामना धेरैले गरेका छन् । यदि त्यो कामना र सम्भावना पुरा भयो भने गुल्मीबाट पुरुष कै संख्यामा एकै साथ पहिलो पटक गुल्मेली चेलीहरु संसदमा पुग्ने भएका छन् । यसबाट राजनितिमा लागेका गुल्मेली तमाम महिलाहरुको पनि हौसला बढ्ने छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग