Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आँपचौर सेवा समिति जापानले शुभकामना आदानप्रदान कार्यक्रम गर्ने

Published on 12:36:00 PM //

जनार्दन घिमिरे
गुल्मी, २८ मंसिर । नयाँ वर्षको अवसरमा आँपचौर सेवा समिति जापानले जनवरी १ तारिखका दिन शुभकामाना आदान प्रदान कार्यक्रमको आयोजना सहित संस्थाको तेश्रो महाधिवेशन गर्ने भएको छ । उक्त दिन संस्थाले शुभकामना आदान प्रदान सँगै संस्थाको कार्यसमितिको पुर्नगठन समेत गर्ने भएको छ । सो अवशरमा अध्ययन तथा कामको शिलसिलामा आँपचौरवाट जापान पुगेका सवै आँपचौरवासी र शुभचिन्तकहरुलाई कार्यक्रममा सहभागि भैदिनहुनका लागि समितिले आग्रह गरेको छ । उक्त कार्यक्रम टोकियो स्थित तोरानोमोनस्थित इन्डियन रेष्टुरेन्ट नानमा आयोजना गरिने समितिका प्रचारप्रसार प्रमुख वलदेव केसीले जानकारी दिनु भएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग