Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

योनी आकारको स्टेडियम नबन्दै बबाल

Published on 6:37:00 PM //


विश्वकप सन् २०२२ का लागि हालै कतारका लागि स्टेडियमको डिजाइन तयार गरेकी इराकी मूलकी बेलायती महिला आर्किटेक्ट जाहा हदिदले योनी आकारको स्टेडियमको डिजाइन तयार पारेपछि विभिन्न समुदायहरूको आरोप खेप्नुपरेको छ।
हदिदका अनुसार, आफूले यसको डिजाइन कतारको परम्परागत माछा मार्ने डुंगाबाट प्रभावित भएर त्यस्तै आकारमा यसको डिजाइन गरेको जानकारी दिएकी छिन्। मानिसहरूको आरोपबाट आक्रोसित हुँदै उनले टाइम म्याग्जिनमा सबै प्वाल हुने वस्तुहरू योनी आकारका नहुने प्रतिक्रिया पनि दिएकी छिन्। उनी विश्वका १०० औं शक्तिशाली महिलाको पंक्तिमा रहेकी ब्यक्ति पनि हुन्। अलवाकराह स्टेडियमको डिजाइन परम्परागत डुंगाभन्दा पनि योनी आकारको बढी देखिने भन्दै विभिन्न समुदायबाट विरोध हुँदै आएको छ। कतारमा अहिले विश्वकप सन् २०२२ का लागि ६ वटा स्टेडियम तयार पारिदैछ र यो स्टेडियम सन् २०१४ जनवरीबाट निर्माण शुरु हुने भएको छ । -एजेन्सी

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग