Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी क्षेत्र नम्वर १ मा नमस्ते मोवाईलको नयाँ टावर सञ्चालनमा

Published on 3:20:00 AM //

प्रेम सुनार
गुल्मी, २९ मंसिर । गुल्मी क्षेत्र नम्वर १ को भुर्तुङमा आईतवार देखि नेपाल टेलिकमको नमस्ते मोवाईल टावर सञ्चालन भएको छ । भुर्तुङ गाविसको वडा नम्वर ४ स्थित नेटा भन्ने डाँडामा आईतवार  दिउँसो २ वजेदेखि नमस्ते मोवाईल सेवाको टावर सञ्चालन भएको नेपाल टेलिकम शाखा गुल्मीका प्रमुख उमानाथ पोखरेलले जानकारी गराए ।
उनका अनुसार त्यँहा टावर राखिए पछि भुर्तङ्ग, पुर्तिघाट, जयखानी, खड्गकोट, ग्वाघा, फोक्सीङ्ग, ठुलोलुम्पेक अर्बेनी गाविस र छिमेकी जिल्ला बाग्लुङ्गका एक दर्जन बढि गाविसका जनताले नमस्ते मोवाईल सेवा लिन पाउने छन् । एसफोरफोर मोवाईल विटिसी जडान गरी सात हजार जना मोवाईल प्रयोगकर्ताहरुले सेवा पाउने क्षमता उक्त टावरले राख्ने पोखरेलले जानकारी गराए । अव एक हप्ता भित्रमा बडागाउँ गाविस र १५ दिन भित्रमा भार्सेको नमस्ते मोवाईल सेवा टावर पनि सञ्चालनमा आउने पोखरेलले जानकारी दिए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग