Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नयाँ जनादेशलाई आत्मसात् गरेर राष्ट्रपति चुन्नुपर्ने : गोकर्ण विष्ट

Published on 6:00:00 PM //

२१ मंसिर, बुटबल । नेकपा एमालेका केन्द्रीय सदस्य तथा नवनिर्वचित संविधानसभा सदस्य गोकर्णराज विष्टले नयाँ जनादेशलाई आत्मसात् गरेर राष्ट्रपतिको चयन हुनुपर्ने बताउनुभएको छ । दोस्रो संविधानसभाबाट नयाँ जनादेश प्राप्त भएकाले सोही जनादेशअनुसार राष्ट्रपति चुन्नुपर्ने उहाँले बताउनुभयो ।

नेकपा एमाले गुल्मी क्षेत्र नम्बर ३ रुपन्देही सम्पर्क मञ्चले बुटवलमा गरेको सम्मान कार्यक्रममा बोल्दै नेता विष्टले लोकतान्त्रिक शक्ति वा राजनीतिक पार्टीले नयाँ जनादेशलाई मान्नुपर्ने बताउनुभयो ।

पूर्वऊर्जामन्त्रीसमेत रहनुभएका नेता विष्टले सहमतिबाट संविधान निर्माणका लागि एमालेले अधिकतम प्रयास गर्ने र सो प्रयास सफल हुन नसके विधि तथा प्रक्रियाबाट दुई तिहाइको आधारमा संविधान जारी गरिने बताउनुभयो ।

निर्वाचन प्रक्रियामा भाग लिएपछि जनताको मतलाई अस्वीकार गर्न नपाइने बताउँदै उहाँले मत परिणामलाई स्वीकार गरेर संविधान निर्माण कार्यमा जुट्न एमाओवादीलाई आग्रह गर्नुभयो । उहाँले निर्वाचन बहिष्कार गरेको नेकपा-माओवादीका सुझाव, सल्लाहलाई पनि ग्रहण गर्नुपर्ने बताउनुभयो ।

गुल्मी क्षेत्र नम्बर ३ बाट विजयी हुनुभएका नेता विष्टले गुल्मीको विकासमा अभाव खड्किन नदिने प्रतिबद्धता पनि जनाउनुभयो ।

नेकपा एमाले गुल्मी क्षेत्र नं. ३ रुपन्देही बुटवल सम्पर्क सम्ञ्चको आयोजनामा गुल्मी क्षेत्र नं. ३ गुल्मीबाट निर्वाचीत सभासद गोकर्णराज बिष्टलाई सम्मान कार्यक्रममा सहभागीहरु । 


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग