Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शौचालयमा जीवन गुजारा गर्ने परियार अव आफ्नै घरमा

Published on 6:13:00 PM //

जनार्दन घिमिरे
गुल्मी, २१ मंसिर । विगत सातवर्षदेखि आफ्ना तीन सन्तानसहित शौचालयमा वस्दै आएकि ज्ञानि परियारलाई यतिवेला युरोपमा वस्ने नेपालीहरुले घर निर्माण गरिदिने भएका छन् । आफ्नो पतिको को हो भन्ने थाहा नभएकि ज्ञानी मर्भुङ गाविस स्थित सिमलटारीमा आफ्ना वेवारिसे तीन छोरा सहित वर्षौदेखि शौचालयमा वसि जीवन जीउँदै आएकि छन् । उनको दयनीय अवस्थाको वारेमा खवर गुल्मीन्युज डट कममा पढेपछी गुल्मी जिल्ला समाज यूकेले हालै ज्ञानी वसेको शौचालयसम्म पुगि रु एक लाख २२ हजार २६ रुपैंया नगद् हस्तान्तरण गरिएको छ ।
गुल्मी जिल्ला समाज यूकेले समाजका उपाध्यक्ष केशव भण्डारीलाई यूरोपवाट गुल्मी स्थित मर्भुङ्गसम्म पठाई उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो । रकम हस्तानतरण गर्दै समाजका उपाध्यक्ष भण्डारीले उक्त रकमलाई सहिरुपमा सदुपयोग गरि उनको वस्ने वासको व्यवस्थापन गरिदिन स्थानीयवासीलाई आग्रह गर्नु भएको थियो । समाजको आग्रहमा मर्भुङ्गमा ज्ञानीको घर व्यवस्थापनका लागि स्थानीय मालीका महिला विकास समितिकि अध्यक्ष पूनम अर्यालको संयोजकत्वमा घर व्यवस्थापन समितिको समेत निर्माण गरिएको छ । उक्त समितिले ज्ञानीको परिवारलाई व्यवस्थापन गर्नकालागि अहिले केही जग्गा सहितको घर खोज्ने काम समेत शुरु गरिसकेको छ । वेलायतमा वस्ने गुल्मेली र अन्य समुदायका नेपालीहरुवाट संकलन गरिएएको उक्त रकमले ज्ञानीलाई अव केही दिनमै शौचालयको वसाईवाट आफ्नै घरसम्म पुराउने भएको छ ।
“पैसा पाएपछि ज्ञानी परियार निकै खुसि वनेकि छन्, उनलाई लण्डनमा वस्ने नेपालीहरुले पनि थप एक लाख ३० हजार रकम पठाई सकेका छन्, यो रकमले उनलाई केही जग्गा सहितको घर किन्नका लागि खोज्ने काम गरिरहेका छौं” घर व्यवस्थापन समितिकि संयोजक पुनम अर्यालले भन्नु भयो । ज्ञानी परियार सानैदेखि सिमलटारी वजारमा वस्दै आएकि र सानैमा उनकि आमा अर्कोसँग पोईल गएपछि उनी एक्ली टुहुरी वनेर अरुको काम गरि जीवन व्यतित गर्दै आएकि थिईन् । मानशिक रुपमा त्यत्ति स्वस्थ नदेखिने ज्ञानीका हाल तीन छोरा समेत रहेका छन् । उनका छोराहरु छ वर्ष उमेरदेखि पन्ध्र वर्ष उमेरसम्मका छन् । तर उनीहरुलाई आफ्ना वावु को हुन् भन्ने वारेमा नत छोराहरुलाई थाहा छ, नत आमालाई नैं ।




0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग