Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मरभुङका दलितहरुको गरिवी सम्वन्धी रेडियो कुराकानी

Published on 5:56:00 PM //

प्रेम सुनार
मंसिर २१, गुल्मी । दलित समुदायमा गरिबिको कुरा गर्नु पर्दा गुल्मी जिल्लामा सबै भन्दा गरिव दलित समुदाय मरभुङ्ग गाविसमा पाईएको छ । त्यस गाविसको २, ३, ६ र ९ नम्वर वडाका कैयौं दलितको सम्पत्तिका नाममा बास मात्रै रहेको र कतिपय सुकुम्वासी समेत रहेका छन् ।
परम्परागत जातिय पेशाबाट समेत पलायनह हुँदै आएका त्यहाँका दलितहरु अन्य समुदायको हलो कोदालो थेक्ने र अन्य विभिन्न मजदुरी गरेर बडो कष्टकर जिविका चलाउँदै आएका छन् । मरमुङ मालिका कोट वरिपरी रहेका दलित वस्तीहरुमा पुग्दा स–साना खरका झुपडीका दलितहरुको गरिवीले ओठ कलेटी परेका र हातमा ठेला परेको देख्न सकिन्छ ।
चुनाव ताका नेताहरुले अनेक प्रलोभन देखाए पनि चुनाव जितेपछि फर्केर नहेर्ने बताउने उनिहरु राज्यले नै वेवास्ता गरेका कारण गरिवीबाट मुक्त हुन नसकेको बताउँछन् । सुनौ त्यसै वस्तीमा पुगेर उनिहरुसंग गरिएको छोटो रेडियो कुराकानी:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग