Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सहकारी संघवाट कफी किसानलाई सहयोग प्रदान

Published on 3:27:00 AM //

जनार्दन घिमिरे
गुल्मी, १६ मंसिर । जिल्ला सहकारी संघ गुल्मीले जिल्लाका कफी किसानहरुका लागि सामाजिक विकास कार्यक्रम शुरु गरेको छ । उक्त कार्यक्रम अन्र्तगत संघले आईतवार कफी पकेट क्षेत्र अन्तर्गत अश्लेवा गाविस दुई स्थित मलेमा सडक मर्मतका लागि रु ४० हजार नगद सहयोग उपलव्ध गराएको हो ।
उक्त क्षेत्रका कफी किसानहरुलाई आफुले उत्पादन गरेको कफीलाई यातायात मार्फत संकलन केन्द्रसम्म पुराउन सजिलो होस् भन्ने उद्देश्यले सडक मर्मतकालागि उक्त रकम किसानहरुलाई उपलब्ध गराएको जिल्ला सहकारी संघका व्यवस्थापक युवराज आचार्यले जानकारी दिनु भएको छ । उक्त रकम ग्रहण गर्दै स्थानीय कफी सहकारीका अध्यक्ष देवीप्रसाद पाण्डेले सहकारीले कफी किसानहरुको हौसला वढाएको भन्दै उक्त रकम र जनश्रमदान गरेर तीन किलोमिटर सडक मर्मत गरिने वताउनु भएको छ ।
जिल्ला सहकारी संघले विगत चारवर्षदेखि किसानहरुले उत्पादन गरेको कफी विक्रिवाट आएको रकम मध्य केही रकम कफी किसानहरुको हितका लागि सामाजिक विकासमा खर्चिदै आएको छ । संघको उक्त कामवाट कफी किसानहरु समेतलाई व्यवसाहिक रुपमा कफी खेतीमा लाग्ने प्रेरणा जगाउँदै आएको कफी कृषकहरुले वताएका छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग